spot_img

गण्डकी प्रदेश ः ११ जिल्लाका लागि ३९ हजार डोज कोरोना भ्याक्सिन बाँकी ५० प्रतिशत एक महिनापछि पठाइने

spot_img

पर्वत ः कोभिड–१९ को रोकथाम तथा नियन्त्रणको लागि गण्डकी प्रदेशका जिल्लाहरूमा सोमबारदेखि भ्याक्सिन वितरणको काम सुरु भएको छ।भारतले नेपालका लागि पठाएको ‘कोभीशिल्ड’ भ्याक्सिन काठमाडौंबाट प्रदेश राजधानी पोखरा आइपुगेपछि आइतबार दिउँसो र सोमबार बिहान बसेका बैठकबाट जिल्ला रहेको सङ्क्रमणको अनुपातअनुसार खोप पठाउने काम सुरु गर्न लागिएको प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रका निर्देशक खिमबहादुर खड्काले थाहा खबरलाई बताए।

‘हामीले जिल्लाहरूबाट आवश्यक परिमाणको विषयमा पनि तथ्यांक सङ्कलन गरेका थियौँ। त्यसबाहेक जिल्लामा अहिलेसम्म देखिएको सङ्क्रमणको दर अनुपातमा पनि कुन जिल्लामा कति पठाउने? भनी बैठकबाट निर्णय भएको छ।’ उनले भने, ‘केही जिल्लामा सोमबारबाटै पठाउने काम सुरु भएको छ भने, केहीमा पर्सिसम्ममा पुग्नेछ।’निर्देशक खड्काका अनुसार गण्डकी प्रदेशका लागि कुल ३९ हजार १ सय ३९ डोज खोप प्राप्त भएको छ। जसबाट स्याङ्जामा ३ हजार ४ सय २१, मुस्ताङमा ४ सय ८६, मनाङमा ४ सय ५७, नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा २ हजार ३ सय ३५, लमजुङमा ३ हजार ५ सय १२, बागलुङमा ३ हजार ९ सय २९, गोरखामा ४ हजार १४, कास्कीमा १२ हजार ५ सय ९०, म्याग्दी १ हजार ८ सय ७१, पर्वतमा २ हजार ७ सय ५१ र तनहुँमा ३ हजार ७ सय ७२ डोज खोप पठाउन लागिएको छ।

छुट्याइएकामध्ये पर्वत, बागलुङ र म्याग्दीका लागि सोमबार नै खोप पठाउन लागिएको छ। मुस्ताङका लागि पठाउन लागिएको खोप भने सोमबार म्याग्दीमा राखेर बुधवार मुस्ताङमा खोप लगाउने गरी पठाउने तयारी गरिएको छ। यसका लागि सम्बन्धित जिल्लाहरूसँग सहकार्य गरिएको खड्काले जानकारी दिए। अन्य जिल्लाहरूमा पनि बुधबारसम्ममा खोप उपलब्ध गराउने तयारी भएको छ।जिल्लाहरूका लागि छुट्टाइएको सबै खोप भने यो पहिलो चरणमा जाने छैन। सोमबारदेखि वितरण गर्न लागिएको खोपलाई पहिलो चरण मानेर यो चरणमा उपलब्ध गराउन लागिएकोमध्ये ५० प्रतिशत मात्रै पठाउने प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रको तयारी छ।

सुरुको चरणमा कोरोना रोकथाम तथा नियन्त्रणको लागि काम गरेका स्वास्थ्यकर्मी, सरसफाइकर्मी, स्वयंसेविका, शव व्यवस्थापन खटेकाहरू, सुरक्षा निकाय तथा अग्रपङ्क्तिमा रहेर काम गरेकाहरूलाई खोप लगाइने छ। दोस्रो चरणमा अबको एक महिनापछि बाँकी रहेका ५० प्रतिशत खोप पुनः तोकिएका जिल्लामा पठाइने भएको छ।‘सोमबारदेखि जिल्लामा पठाउन लागिएको खोपलाई हामीले पहिलो चरण भनेका छौँ। यसमा जिल्लाका लागि उपलब्ध गराउने भनी तोकिएकामध्ये ५० प्रतिशत खोप मात्र पठाइने छ।’ निर्देशक खड्का भन्छन्, ‘एक महिनापछि बाँकी रहेका ५० प्रतिशत डोज जिल्लामा जाने छन्। त्यसलाई हामीले दोस्रो चरण भनेका छौँ।’गण्डकी प्रदेशका लागि उपलब्ध भएका ३९ हजार १ सय ३९ को ५० प्रतिशत खोप मात्र सोमबारदेखि जिल्लामा जाने भएपछि बाँकी रहेका ५० प्रतिशत खोपलाई मापदण्ड पालना गरेर गण्डकी प्रदेशको राजधानी पोखरामा नै राखिने भएको छ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img