spot_img

नारायणकाजीको टिप्पणी ः निर्वाचन आयोगको ढिलो निर्णयले आशंका जन्माउँछ

spot_img

काठमाडौं ः नेकपा दाहाल(नेपाल समूहका प्रवक्ता नारायणकाजी श्रेष्ठले निर्वाचन आयोगले ढिलो निर्णय गर्दा अनेक आशंका जन्मिने बताएका छन्। तेस्रो चरणको आन्दोलनका कार्यक्रम घोषणा लागि पेरिस डाँडामा सोमबार आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन्।

’निर्वाचन आयोगको हिजो गरिएको भनिएको निर्णयको आधिकारिकताबारेमा पत्रको प्रतिक्षा गरिरहेका छौँ। आधिकारिक जानकारी भएपछि मात्रै औपचारिक धारणा दिनेछौँ’, उनले भने, ’दलको ऐनले बहुमतीय कुरालाई स्पष्ट व्याख्या गरेको सन्दर्भमा निर्वाचन आयोगले सही ढंगले निर्णय लिनुपर्थ्यो। संवैधानिक अंगका रुपमाकानुनसम्मत निर्णय हुँदा हाम्रो पार्टी नै आधिकारिक हुन्छ तर अनावश्यक रुपमा ढिलो गर्ने काम गर्नु भएन।’

उनले निर्वाचन आयोगले निर्णय प्रक्रियालाई लम्ब्ब्याउने काम गर्न नहुनेमा जोड दिए। ’निर्वाचन आयोग द्विविधामा बस्नु जरुरी छैन’,उनलेभने,’सर्वोच्चअदालतमाप्रतिनिधिसभा सदस्यसमेतले दिएको रिटमा सुनुवाइ भइरहेको छ। सर्वोच्चले संविधानले दिएको जिम्मेवारी र भूमिकालाई निर्वाह गर्ने विश्वास छ। प्रतिनिधिसभा छिट्टै सुचारू हुने विश्वास हामीले लिएका छौं।’

 

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img