spot_img

शे–फोक्शुण्डाे राष्ट्रिय निकुञ्ज चोरी-शिकारी नियन्त्रणमा निरन्तर आक्रमक बन्दैःएकैपटक ३३ थान भरुवा बन्दुक सहित ८ जना पक्राउ

spot_img

३३ थान भरुवा बन्दुक सहित ८ जना पक्राउ

रूपक यात्री

डाेल्पा, शे-फोक्शुण्डो राष्ट्रिय निकुञ्ज चोरी –शिकारी नियन्त्रणमा निरन्तर आक्रमक बन्दै गएकाे छ । निकुञ्जले माघ ३ गते देखि हालसम्म डाेल्पाकाे जगुदुल्ला गाउँपालिका अन्तरर्गतका काईगाउँ, हुरिकोट, माझगाउँ, झ्यांकोट, थापागाउँ तथा छांचु लगाएतका गाउँबाट ३३ थान भरूवा बन्दुक सहित ८ जनालाइ नियन्त्रणमा लिएकाे निकुञ्जका वार्डेन सरोजमणि पौडेलले इमान्दार खवरलाइ जानकारी दिनुभयाे । पाैडेलका अनुसार कस्तुरी चोरी –शिकारी गर्ने, अवैध रुपमा हातहतियार राख्ने मानिसहरूलाई पक्राउ गरि निकुञ्जको हिरासत कक्षमा राखि थप अनुसन्धान भैरहेको छ ।

 

तस्वीरःपक्राउ परेका व्यक्तिहरू

अवैध रुपमा राखिएका भरुवा बन्दुकहरु बुझाउन स्थानीय जनप्रतिनिधिहरु तथा मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिहरुको पनि सहयोग गरेकाे वार्डेन पाैडेलकाे भनाइ छ । निकुञ्जले यस अघि पनि ३७ थान भरुवा बन्दुक, १ वटा कटुवा पेस्तोल र १० वटा ईन्सास राईफलको गोलीहरु बरामद गरिसकेकाे निकुञ्जले जानकारी दिएकाे छ ।

   तस्वीरः शे-फोक्शुण्डो निकुञ्जका वार्डेन सरोजमणि पौडेल

निकुञ्जकाे विश्वास

शे-फोक्शुण्डो राष्ट्रिय निकुञ्जले भरुवा बन्दुक बरामद र चोरी –शिकारी नियन्त्रणमा सक्रियता बढाए यता वन्यजन्तुहरुको चोरी-शिकारी कम मात्र नभइ नाउर, झारल र घोरल लगायतका वन्यजन्तुहरुको संख्यामा पनि वृद्धि भएको निकुञ्जकाे दावी छ । नाउर, झारल तथा घोरलहरु हिउँ चितुवाको आहारा प्रजाति भएकोले हिउँ चितुवाले स्थानीय जनताको घर पालुवा जनावरलाई कम क्षति पुर्याउने निकुञ्जकाे विश्वास छ ।

चालु आर्थिक वर्षकाे ७ महिनामै ७० वटा भरूवा बन्दुक सहित ६० भन्दा बढि नियन्त्रणमा

शे-फोक्शुण्डो राष्ट्रिय निकुञ्जले चालु आर्थिक वर्षकाे ७ महिना अर्थात अषाढ देखि हालसम्म ७० वटा भरुवा बन्दुक बरामद गरिसकेको छ । अवैध हतियार बुझाउन निकुञ्जले सूचना पनि पटक पटक जारि समेत गर्दै आएकाे छ ।

यसरी भइरहेकाे छ चोरी शिकारी नियन्त्रण

निकुञ्जका वार्डेन सरोजमणि पौडेलका अनुसार चोरी-शिकारी नियन्त्रणको लागि १७ वटा मध्यवर्ती क्षेत्र उपभोक्ता समिति, १७ समुदायमा आधारित चोरी-शिकारी नियन्त्रण युवा जागरण समुह, ५ वटा हिउँ चितुवा संरक्षण समिति,एउटा रेड पण्डा संरक्षण समिति, नेचर गाईड असौसिएईस्न डोल्पा, शे-फोक्सुण्डो पर्यटन समन्वय समिति गठन गरि प्रभावकारी रुपमा परिचालन गरिरहेकाे छ । चोरी-शिकारी नियन्त्रण इकाई लाई पुनर्गठन गरि प्रभावकारी रुपमा परिचालन गरेको छ । स्थानीय निकायहरुसॅग समन्वय कार्यलाई प्राथमिकता दिनुका साथै निकुञ्जलाइ चोरी-शिकारी रहित बनाउने तर्फ कडा कदम चालेको छ वार्डेन पौडेलले दावी गर्नुभयाे ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img