spot_img

ठेकेदार र सकड डिभिजनकाे लापर्वाहीले लाकुरी भञ्ज्याङ सडक अझै अलपत्रःचाँडाे निर्माण गर्न जनप्रतिनिधि र जनसमुदायकाे माग,सडक निर्माणकाे इतिहास यस्ताे छ

spot_img

रूपक यात्री,ललितपुर

ललितपुरको महालक्ष्मी नगरपालिका वडा नम्बर-१० को सडक खण्ड वर्षाै देखि अलपत्र र वर्खा याममा अबरुद्ध हुने गरेकाे छ। गत सालकाे वर्खामा पहिराेले अलपत्र परेकाे सडक अहिले पनि सानाेतीनाे पानी आउँदा पनि सकडमा पहिराे खसेर सडक ठप्प हुन्छ। लामाे समय देखि सडक निर्माण अलपत्र परेकाे भन्दै पटक पटक जनप्रतिनिधि,जनसमुदाय र पत्रकार सहितको टोलि २०८२ जेष्ठ ६ गते सडक डिभिजन ललितपुरमा डेलिगेशन गयर छलफल भएको छ। छलफलमा वडा अध्यक्ष विजय लामा सहित वडाका जनसमुदायकाे टीमले ठेक्का जिम्मा पाएकाे निर्माण कम्पनीलाइ बाटाे चाँडाे निर्माण गर्नुपर्ने,बजेट व्यवस्था गरेर बाँकी बाटाेकाे स्तरउन्नती गर्नुपर्ने र अवरूद्द सडक खुलाउन सहयाेग गर्नुपर्ने माग राखेका थिए।

छलफलमा बाेल्दै अध्यक्ष लामाले सडक डिभिजनले ठेक्का जिम्मा पाएकाे निर्माण कम्पनीलाइ तत्काल काम सुरू गर्नुपर्ने,बजेट व्यवस्था गरेर बाँकी बाटाेकाे स्तरउन्नती गर्नुपर्ने र अवरूद्द सडक खुलाउन सहयाेग गर्नुपर्ने माग गर्नुभएकाे थियाे। सडक निर्माणमा सडक डिभिजनले गम्भीरताका साथ नलिएकाे भन्दै अध्यक्ष लामाले आक्राेश पाेखे। जनप्रतिनिधिले ल्याएकाे बजेटकाे समेत काम गर्न नसकेकाे भन्दै सहजीकरण गर्न दवाव दिएका थिए। अन्य सहभागि स्थानीयले समेत बाटाेकाे अवस्था पानी पर्याे कि हिड्नै नमिल्ने हुने गरेकाे भन्दै सम्वन्धीत निकाय चुप लागेर बस्न नहुने धारणा राखे।

सडक निर्माणकाे इतिहास

सडक डिभिजन ललितपुरले खाेलेकाे ठेक्का अनुसार २ कराेड ५२ लाखमा २०७७,२,२७ गते पी.एम.महर्जन कन्सट्रक्सनले बाटाे निर्माणकाे जिम्मा पाएकाे थियाे। २०७९,२,२६ मा काम सक्ने गरी भएकाे सम्झाैंता थियाे तर हालसम्म पनि सडक निर्माणले पूर्णता पाएकाे छैन। सडक निर्माणका लागि २ पटक म्याथ थप भएकाे छ। ठेकेदारले ताेकिएकाे मितिमा काम नगर्दा सडक निर्माणले पूर्णता पाएकाे छैन।

ठेकेदारले विचमा काम गरेकाे १७ पतिशत रकम पाएकाे र अव २० प्रतिशत भन्दा धेरै काम बाँकी नरहेकाे सडक डिभिजनले जनाएकाे छ। पछिल्लाे समय गरेकाे कामकाे भुक्तानी समेत राेकिएकाे र बाँकी कामकाे लागि म्याद थप सहित ताकेता गरेकाे डिभिजन प्रमुख गाेपाल प्रसाद खकुरेलकाे दावी रहेकाे छ। उनले थपे “अवरूद्द सडक बनाउन तत्काल काम अगाडी बढाउने र बजेट माग गरेकाेले उक्त सडककाे पूर्णताका लागि ३० कराेड बजेट आवश्यक रहेकाे छ सरकारसँग माग पनि गरेका छाैँ,जनप्रतिनिधि पनि लाग्नुभएकाे छ,बजेट व्यवस्था भए सडक निर्माणले पूर्णता पाउने छ।”

दैनिक बाटाे प्रयाेग गर्ने स्थानीय देखि पर्यटकसम्मले लाकुरी भञ्ज्याङ सडक चाँडाे बन्ने प्रतिक्षा गरिरहेका छन्।


spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img