काठमाडौं , नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सर्वोच्च अदालतले संसद विघटन गर्ने सरकारको निर्णय खारेज गर्ने बताएका छन् । मंगलबार पोखरामा कार्यकर्तालाई सम्बोधन गर्दै प्रचण्डले सर्वोच्च अदालतले संविधान अनुसार संसद पुर्नस्थापनाको फैसला गर्नेमा आफु विस्वस्त रहेको बताएका हुन् ।
‘संविधान, धेरै कानुनविद्हरुको कुराकानीमा पनि संसद विघटनलाई सदर गर्ने आधार नै छैन । तर अन्नतः जनताको अदालत नै सवैभन्दा माथि हुने भएकाले हामी जनतामा गएका हौ’, प्रचण्डको भनाइ छ ।