spot_img

वाइसीएलको अध्यक्षमा पुष्प ओली र महासचिवमा गणेश शाही सर्वसम्मत निर्वाचितः अन्य पदहरूकाे घाेषणा हुँदै

spot_img

नेकपा माआवादी केन्द्रले योङ कम्युनिस्ट लिग (वाईसीएल) को नयाँ नेतृत्वमा सहमति जुटाएको छ । माओवादी केन्द्र निकट स्रोतका अनुसार, अध्यक्षका आकांक्षी पुष्प ओलीको नाममा सहमति जुटेको हो । ओली वर्तमान समितिका उपमहासचिव हुन् । त्यस्तै महासचिवमा भने गणेश शाहीको नाममा सहमति जुटेको छ ।

आइतबारदेखि सुरु भएको तेस्रो सम्मेलनमा सहमति जुट्न नसक्दा चार पटकसम्म निर्वाचन कार्यतालिका संशोधन भएको थियो । बिहिबारसम्म कमलादीस्थित प्रज्ञा भवनमा चलेको सम्मेलन आजदेखि चाबहिल मित्रपार्कमा रहेको गोल्डेन पार्टी प्यालेसमा सारिएको थियो ।

वाईसीएल नेताहरुका अनुसार अध्यक्षका आकांक्षी १३ जना आकांक्षी थिए ।पछिल्लो पटक केहरसिंह कुँवर, पुष्प ओली, कर्म पुलामीबीच सहमति जुटाउन नेताहरू लागेका थिए । अध्यक्ष प्रचण्डसहितको छलफलपछि ओलीको नाममा सहमति जुटेको एक नेताले  जानकारी दिए । कुँवर वर्तमान समितिमा उपाध्यक्ष हुन् भने पुलामी सचिव हुन् ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img