स्पेनलाई हराउँदै पोर्चुगलले युइएफए नेशन्स लिगको उपाधि जितेको छ। गएराती भएको खेलमा स्पेनलाई पेनाल्टी सुटआउटमा ५–३ ले हराउँदै पोर्चुगलले दोस्रोपटक नेशन्स लिगको उपाधि जितेको हो।
नियमित समय २–२ को बराबरीमा सकिपछी खेल पेनाल्टी सुटआउटमा धकेलिएको थियो । पेनाल्टी सुटआउटमा स्पेनका मोराटाको प्रयास विफल हुँदा पोर्चुगलले उपाधी चुम्न सफल भयो ।
त्यसअघि खेलको २१औं मिनेटमा मार्टिन जुबिमेन्दीले गोल गर्दै स्पेनलाई पहिलो अग्रता दिलाएका थिए । त्यसको ५ मिनेट मै पोर्चुगलले बराबरी गोल फर्कायो । पोर्चुगलका नुनो मेंडेसले २६औं मिनेटमा गोल गरेका हुन् ।
स्पेनका मिकेल ओयार्जाबालले ४५औं मिनेटमा गोल गर्दै दोस्रोपटक टोलीलाई अग्रता दिलाए । त्यसपछि खेलको ६१औं मिनेटमा क्रिस्टियानो रोनाल्डोले गोल गर्दै पोर्चुगललाई दोस्रोपटक खेलमा फर्काए ।त्यसपछि दुवैतर्फबाट गोल हुन नसक्दा खेल पेनाल्टी सुटआउटमा पुगेको थियो ।