spot_img

जाजरकोटमा युवकलाई बाँधेर चक्कु प्रहार गर्ने २ जना काठमाडौंबाट पक्राउ

spot_img

जाजरकोटका एक युवकलाई चक्कु प्रहार गर्ने दुई जना काठमाडौंमा पक्राउपछि जाजरकोट ल्याइएका छन् । जेठ ६ गते बिहान ८ बजेतिर जाजरकोट कुशे गाउँपालिका वडा नं. ५ साँधी विसाउनास्थित एक होटलको आँगनमा कुशे –८ का २१ वर्षीय आनन्द सिंहमाथि चक्कु प्रहार भएको थियो। गाडी समितिको विषयलाई लिएर सिंहमाथि चक्कु प्रहार गरी तीन जना फरार भएका थिए।

जिल्ला प्रहरी प्रवक्ता प्रहरी निरीक्षक हरिराम डाँगीका अनुसार सिंहमाथि कुशे–७ समकोटका २७ वर्षीय दिपेन्द्र सिंह, सोही ठाउँकै २७ वर्षकै तप्त सिंह भनिने तप्तबहादुर शाही र सोही ठाउँकै २३ वर्षीय भिम सिंहले मिलेर हात खुट्टा बाँधी चक्कुले पालैपालो टाउको, निधार, हात, खुट्टा तथा शरीरका विभिन्न भागमा प्रहार गरी सख्त घाइते बनाएका थिए।

चक्कु प्रहारको घटनापछि उनीहरू फरार भएका थिए। प्रहरी निरीक्षक सन्तोष चन्दका अनुसार आनन्द सिंहको हात खुट्टा बाँधेर चक्कु प्रहार गर्नेहरूमध्ये दिपेन्द्र सिंह र तप्त सिंह भनिने तप्तबहादुर शाही काठमाडौंबाट पक्राउ परेका हुन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुसँग समन्वय गरी उनीहरूलाई पक्राउ गरिएको हो।आइतबार राति ९ बजेतिर काठमाडौं कीर्तिपुर नगरपालिका–१ ट्यांलाफाटबाट उनीहरू पक्राउ परेका हुन्।

सोमबार जिल्ला अदालत जाजरकोटबाट ज्यान सम्बन्धी कसुर (ज्यान मार्ने उद्योग) मुद्दामा थप अनुसन्धान गर्न सात दिनको म्याद थप भई अनुसन्धान भइरहेको प्रहरी निरीक्षक चन्दले बताए। घटनामा संलग्नमध्ये एक जना भने फरार छन्। चक्कु प्रहारबाट घाइते आनन्दको बाँकेको नेपालगन्जमा उपचार जारी छ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img