spot_img

एमालेको विद्यार्थी सङ्गठन अनेरास्ववियु महाधिवेशनमा होहल्ला र नाराकाजी:लाग्यो वी वान्ट इलेक्सनुको नारा, पार्टीले एकलौटी गर्न खोजेको आरोप

spot_img

नेकपा एमालेको विद्यार्थी सङ्गठन अनेरास्ववियुको २४औं महाधिवेशनबाट नयाँ नेतृत्व चयन प्रक्रियामा मातृपार्टी हाबी भएपछि नाराबाजी भएको छ।

विद्यार्थीहरूले निर्वाचन प्रक्रियामा जान चाहे पनि मातृपार्टी एमालेले आफूखुसी एकलौटी अध्यक्ष चयन गर्न खोजेको भन्दै उनीहरू नाराबाजीमा उत्रिएका हुन्।

त्रिभुवन विश्वविद्यालय कीर्तिपुरमा जारी महाधिवेशन स्थल अहिले नाराबाजीमा बदलिएको छ। बन्दसत्र सुरु भए पनि पार्टीको दबाबका कारण निर्वाचन प्रक्रिया अघि बढ्न सकेको छैन। तर, विद्यार्थीहरू भने प्रजातान्त्रिक पद्धतिबाट नेतृत्व चुन्न पाउनुपर्ने भन्दै नाराबाजीमा उत्रिएका हुन्।

निर्वाचन प्रक्रियामा अघि बढ्न ५ जनाले अध्यक्ष पदमा दाबी गरेका छन्। निर्वाचन तालिका सार्वजनिक भएसँगै पार्टीले कडरिया अध्यक्ष, उपाध्यक्षमा प्रकाश पौडेल र अन्जना शिवाकोटी, महासचिवमा दिपक धामीलगायतको नाम पार्टीको लाइनमा अध्यक्ष मण्डलले घोषणा गरेपछि निर्वाचनको महोल खलबलिएको हो।

नाराबाजी सुरु भएको अनेरास्ववीयु कीर्तिपुरका इन्चार्ज प्रशान्त भण्डारीले बताए। ‘अध्यक्ष मण्डलले प्रस्ताव गरेको नाममा अरु आकाङ्क्षीले असहमति जनाउँदै हलभित्र वी वान्ट इलेक्सनु भन्दै नाराबाजी गरिररहेका छन्,’ इन्चार्ज भण्डारीले भने, ‘निर्वाचन प्रक्रियामा जाने अध्यक्षको आकाङ्क्षीहरू दिपक धामी, प्रकाश पौडेल, आरती भट्टराई, अन्जना शिवाकोटी र कडरियाले आाकाङ्क्षा राखेका छन्।’

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img