लामाटार,ललितपुर
ललितपुरकाे महालक्ष्मी नगरपालिका वडा नम्वर ९ को आयोजनामा हाप्कि–डो च्याम्पियनसिप हुने भएकाे छ। वडा कार्यालय र लामाटार ह्याप्पि डाे शाखा डोजोङ्गको प्राविधिक सहयोगमा २०८२ साल असार ७ गते शनिवार देखि ‘प्रथम वडा अध्यक्ष कप हाप्कि–डो च्याम्पियनसिप २०८२’ आयोजना हुने भएको हाे।
प्रतियोगिता वडाकाे शशाम्भु चौरमा हुने र सो खेलकुद कार्यक्रममा महालक्ष्मी नगरभित्र बसोबास गर्ने खेलाडीहरू सहभागी हुन पाउनेछन्। २५ के.जी. देखि ५५ के.जी. तौल समूहमा प्रतिस्पर्धा हुने अध्यक्ष जय कृष्ण बोगटीले जानकारी दिनुभयाे।
अध्यक्ष बाेगटीका अनुसार प्रतियोगिता मार्फत वडा स्तरमै खेलकुद प्रवद्र्धन गर्दै युवाहरुमा आत्मविश्वास, अनुशासन र स्वास्थ्यप्रतिको सचेतना बढाउने उद्देश्य रहेको छ। खेलकुद क्षेत्रको विकास र स्थानीय प्रतिभाको पहिचानमा योगदान पु¥याउने विश्वाससहित आयोजना गरिन लागेको यो च्याम्पियनसिप महालक्ष्मीका लागि ऐतिहासिक टेवा अपेक्षा गरिएको छ।


















