spot_img

जुवातास खेलिरहेको अवस्थामा ललितपुरको लुभुबाट १३ जना पक्राउ

spot_img

ललितपुर,  ललितपुरको महालक्ष्मी नगरपालिका–९ लुभुबाट जुवातास खेलिरहेको अवस्थामा १३ जनालाई प्रहरीले बुधबार बेलुकी पक्राउ गरेको छ । लामाटार ज्याकटा टोल बस्ने ४० वर्षीय जोसिराज राईको घरबाट उनीहरूलाई पक्राउ गरेको हो ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय, शाखा कार्यालय ललितपुरबाट खटिएको प्रहरीले उनीहरूको साथबाट नगद ३ लाख ४७ हजार ६ सय ३५ रुपैयाँ, १३ थान मोबाइल र तास ८ बुक बरामद गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img