spot_img

तेस्राे विश्वयुद्दकाे बाटाेमा इसराइलःअमेरिकाकाे इसारामा इरानमाथि हमला,जवाफी आक्रमणकाे तयारीमा इरान

spot_img

इसराइलले इरानमाथि आक्रमण गरेको छ। शुक्रबार बिहान इसराइलले इरानको आणविक भट्टी र लामो दुरीका मिसाइल कारखानालाई लक्ष्य गरेर आक्रमण गरेको हो।

राजधानी तेहरानमा विस्फोटको ठूलो आवाज स्थानीयले सुनेको भनेर अमेरिकी पत्रिका न्युयोर्क टाइम्सले लेखेको छ। स्थानीय सञ्चारमाध्यमहरुले इसराइली आक्रमणपछि ठूला ठूला भवनहरूबाट धुवाँको मुस्लो निस्किरहेको तस्बिर र भिडिओ सार्वजनिक गरेका छन्। इसराइलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले इरानको आणविक भट्टी र मिसाइल कारखानामा लक्ष्य गरेर आक्रमण गरिएको बताएका छन्।

उनले ती योजनाहरू इसराइलका लागि खतरा भएकाले त्यहाँ आक्रमण गरिएको भनेका छन्। इरानमाथिको आक्रमणलाई प्रधानमन्त्री नेतन्याहूले ’अपरेसन राइजिङ लायन’ भनेका छन्। “केही समय अघि, इसराइलले अपरेशन राइजिङ लायन सुरु ग¥यो, जुन इसराइलको अस्तित्व रक्षाका लागि इरानी खतरालाई हटाउन लक्षित सैन्य अपरेशन थियो,’ नेतन्याहूले टेलिभिजन सम्बोधनमा भने।

उनले आक्रमण केही दिन जारी रहने पनि बताएका छन्। ’यो अपरेशन यो खतरा हटाउन जति दिन लाग्छ त्यति दिनसम्म जारी रहनेछ,’ उनले भनेका छन्।

इसराइली हमलालाई निस्तेज पार्न इरानले आफ्नो फाइटर जेट सक्रिय बनाएको एक इरानी सैन्य अधिकारीलाई उद्धृत गर्दै न्युयोर्क टाइम्सले लेखेको छ। शान्त बसेकाे इरानमाथि इसराइली हमलाले तेस्राे विश्वयुद्दकाे बादल मडारीएकाे छ। प्यालेस्टाइनकाे गाँजामा मानव नरसंहार गरेकाे इसराइल अमेरिकाकाे इसारा र उक्साहटमा विश्वलाइ नै अशान्त बनाइ राखेकाे छ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img