spot_img

रास्वपा र राप्रपाको विरोध र नाराबाजीका बीच सभामुखले बढाए:

spot_img

काठमाडौँ —राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा र राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले संसद्‌ बैठकमा अवरोध गरे पनि सभामुख देवराज घिमिरेले बैठक अगाडि बढाएका छन् ।

संसद् सुरु हुनासाथ उठेर विरोध जनाएका रास्वपा र राप्रपाका सांसदको नाराबाजीका बीच सभामुख घिमिरेले सांसदलाई बोल्न दिएका छन् ।

संसद्मा अहिले अर्थमन्त्री विष्णु पौडेलले नाराबाजीका बीच आफ्नो भनाइ रोष्ट्रमबाट राखिरहेका छन् ।

बैठक बस्नुअघि सभामुख घिमिरेले प्रमुख दलका मुख्य सचेतक र प्रमुख सचेतकहरूसँग छलफल गरेका थिए । सभामुख घिमिरेले संसद् सञ्चालनकै विषयमा रास्वपाका कार्यवाहक सभापति अर्याल र राप्रपा अध्यक्ष लिङ्देनसँग पनि अलग-अलग छलफल गरेका थिए ।

रास्वपा र राप्रपा भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै आएका छन् ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img