spot_img

‘नीलो रिबन’ लगाएर संसदमा कांग्रेसलाई रास्वपाको चुनौतीःमान्छे बेच्न पाउनुपर्छ भन्नुस्,कांग्रेले रास्वपाका सांसदलाइ निकाल्न भन्याे,एमालेकाे दावी रास्वपाका सांसदका कारण बाहिर सांसद भन्न नि लाज लाग्छ

spot_img

रास्वपाका प्रवक्ता मनिष झाले नागरिकता, शिक्षा, निजामतीलगायतका विधेयक समयको आवश्यकता भन्दै त्यसमा आफूहरूको राजनीतिक समर्थन हुने बताएका छन् ।प्रतिनिधिसभा बैठक स्थगित भएपछि सदनबाहिर सञ्चारकर्मीहरूसँग कुरा गर्दै भिजिट भिसाको आवरणमा १८ वर्षदेखि जनता ठगिरहेको विषयमा छानबिन हुनुपर्ने अडान सुनाए ।

उनले सदनमा एक जना उभिएपनि विरोध मानिएर अगाडि चलाउन नहुने अहिलेको गृहमन्त्रीले आफू विपक्षीमा हुँदा भनेको कुरा स्मरण गराए ।उनले कांग्रेसलाई लक्षित गर्दै भने, ‘त्यही विधेयक ल्याउने गृहमन्त्रीले गत वर्ष यही सदनमा उभिएर भन्नुभएको होइन ? एकजना प्रतिपक्ष उभिए पनि विरोध मानिनेछ सदन अगाडि नबढाइयोस् भनेर उहाँले नै बोल्नुभएको थियो । कि त्यो तर्क उहाँको लागि मात्रै थियो ? अरूको लागि होइन भन्नुप¥यो ।’

उनले कांग्रेसलाई भिजिट भिसाको आवरणमा भएको मानव तस्करीको मुद्दा नै होइन भनेर भन्न चुनौती दिए ।उनले भने, ‘कि हाम्रो लागि यो मुद्दा नै होइन, हाम्रो प्राथमिकता नै अर्कै छ । हामी मान्छे बेचिरहन चाहन्छौँ सधैँ भन्नुप¥यो । त्यसैले विधेयकहरूको महत्त्व बुझेर राजनीतिक समर्थन गर्छौँ ।’

उनले भिजिट भिसाको आवरणमा भएको मानव तस्करीको आवश्यक छानबिन र दोषीलाई कारबाही हुनुपर्ने अडान दोहो¥याए ।

‘नीलो रिबन’ लगाएर सदन जाँदा कांग्रेसले निकाल्न भनेपछि रास्वपाका सांसद आक्रोशित कांग्रेसलाई कटाक्ष– हामीलाई मान्छे कुट्न आउँदैन, आर्काइभमा हेर्दा हुन्छ
भिजिट भिसाको आवरणमा मानव तस्करी भएको भन्दै विरोधमा रास्वपाका सांसदहरुले ‘निलो रिबन’ भिरेर संसद पुग्दा सत्तारुढ दल नेपाली कांग्रेसले संसदीय मर्यादाको विषय उठाउँदै सदनबाट निष्कासन गर्नुपर्ने कुरा उठाएपछि रास्वपा सांसदहरुले आक्रोशित भएका छन् ।

मानव तस्करीविरुद्धको अभियानलाई विश्वव्यापी रूपमा ‘नीलो रिबन’ को प्रतीकले जनाउने भन्दै रास्वपाका सबै सांसदहरुले नीलो रिबन लगाएर सदनमा पुगेका थिए । उनीहरुले भिजिट भिसा प्रकरणलाई मानव तस्करीको संज्ञा दिँदै गृहमन्त्री रमेश लेखकको राजीनामा र उच्चस्तरीय छानबिन समितिको माग गर्दै सदन अवरोध गर्दै आएका छन् ।

उनीहरुले सदनमा वेल घेराउ गर्दै नाराबाजी जारी राखेका छन् । यही क्रममा रास्वपाका सांसदहरुले अभद्र व्यवहार देखाएको भन्दै कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले नियमापत्ति जनाउँदै नियम ३१ मा बैठक कक्षबाट निष्कासन गर्ने व्यवस्था रहेको स्मरण गराए ।

उनले भनेका थिए, ‘नीलो स्कार्फ लगाएर संसद्मा आउनु मर्यादित हुन्छ कि हुँदैन ? भोलि हाफ पाइन्टमात्रै लगाएर आउने, जथाभावी पोशाकमा आउने गरे, त्यो संसद्को मर्यादामा पर्छ कि पर्दैन ?’

घिमिरेले यसो भन्दा रास्वपाका सांसदहरु नाराबाजी गरिरहेका थिए । निलो रिबन लगाएर संसद् छिरेका रास्वपा सांसदलाई निष्कासन गर्न माग गरेपछि उनीहरु आक्रोशित भएका छन् ।

रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाले भनेका छन्, ‘सदनमा रातो मफलर लगाउन पाउने, तर नीलो नलगाऊ भन्ने कुन नियमावलीले भन्छ ?’

उनले मात्रै होइन, संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठले आफूहरुलाई माइक भाँच्न, कुर्सी फोड्न, मान्छे कुट्न नआउने भन्दै उल्टै कांग्रेसलाई कटाक्ष गरेका छन् ।

उनले भनेका छन्, ‘तर आमनागरिकको आवाज बोल्न आउँछ । विश्वास छ, हामीले गर्ने शान्तिपूर्ण विरोधले नागरिकको पीडा बोल्नेछ र यही विद्रोहले अपराधी र भ्रष्टाचारीहरूको मन पोल्नेछ ।’

सांसद सोविता गौतमले पनि सत्ताको संरक्षणमा नेपाली बेचिएको विषयमा निष्पक्ष उच्चस्तरीय छानबिन समितिको मागसहित निरन्तर संसदमा आन्दोलनरत रहेको बताइन् ।

उनले भनिन्, ‘विरोधका आयाम अनेकौं हुन्छन्, रास्वपा शान्त र सभ्य विरोधमा उभिन्छ । आज मानव तस्करीविरुद्धको ऐक्यबद्धतास्वरूप निलो सल लगाएर आएको, नियमापत्ति भएछ । हुन्छ, संसदबाट निकालियोस्, तर नयाँ पुस्तालाई सांसद कुट्न आउँदैन ।’

कांग्रेस विपक्षीमा हुँदा उपसभापति घनराज गुरुङले प्रधानमन्त्री केपी ओलीलाई कुट्न सदनमै झम्टिएका थिए । सांसद गौतमले प्रधानमन्त्री ओलीलाई कुट्न आएकै घटना आर्काइभमा हेर्न सुझाइन् ।

पोशाकको विषयमा कांग्रेसले कुरा उठाएपछि सभामुख देवराज घिमिरेले नीलो स्कार्फ लगाएर संसद्मा छिरेका राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरू आफैं स्वनियमनमा बस्नुपर्ने बताए ।

रास्वपाका कारण सांसदको लोगो लगाएर हिँड्दा अपमानित बन्नुपर्ने अवस्था आयो ः बर्तौला
नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले रास्वपाका सांसदहरूले अभद्र शैलीका साथ संसद अवरोध गरेको टिप्पणी गरेका छन् ।

मंगलबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले नीलो स्काफ लगाएर रास्वपाका सांसदहरूले अभद्र शैलीका साथ संसद अवरोध गरेको आरोप लगाए ।

मंगलबार प्रतिनिधिसभाको बैठक सुरू भए पुनः नीलो स्काफ लगाएर विरोध गर्ने रास्वपाका सांसदको अडानपछि सहमति खोज्न विहीबारसम्मका लागि संसद स्थगित गरिएको उनको भनाइ छ ।

बर्तौलाले रास्वपाका सांसदहरूको विरोधको शैलीका कारण सांसदको लोगो लगाएर हिँड्दा अपमानित महसुस गर्नुपर्ने अवस्था सिर्जना भएको पनि जिकिर गरे ।

संघीय निजामती सेवा विधेयकलाई सरकारले रोक्न खोजेको आरोपको उनले खण्डन गरेका छन् । विधेयकमाथि छलफल गर्ने, संशोधन वा परिमार्जन गर्ने विषय संसदको अधिकार भएको उनको भनाइ छ ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img