spot_img

इजरायल–इरान तनाव बढेपछि परराष्ट्र मन्त्रालयले जारी ग¥यो ट्राभल एडभाइजरीःइजरायल जान राेक देखि खाडी मुकुलमा सतर्क रहन आग्रह

spot_img

परराष्ट्र मन्त्रालयले इजरायल र इरानमा रहेका नेपाली नागरिकहरूलाई सतर्कता अपनाउन आग्रह गरेको छ। इजरायल र इरानबीच बढ्दो तनाबबीच मन्त्रालयले बुधबार एक ट्राभल एडभाइजरी जारी गर्दै इजरायल तथा इरानमा रहेका नेपालीहरूलाई सुरक्षित स्थानमै बस्न र अनावश्यक रूपमा घरबाट बाहिर ननिस्कन निर्देशन दिएको छ।

इजरायल–इरान तनावले पछिल्ला दिनहरूमा जटिल मोड लिँदै गएको छ। यस परिस्थितिलाई मध्यनजर गर्दै विभिन्न देशहरूले आफ्ना नागरिकलाई ती मुलुकहरू नछोड्न अनुरोध गरिरहेका छन् भने केहीले ती देशको यात्रा नगर्न चेतावनी दिएका छन्।

नेपाल सरकारले पनि इजरायल र इरानमा रहेका तथा ती देशहरूतर्फ जान चाहने नेपालीहरूका लागि तोकिएको समय र स्थान बाहेक घर वा सुरक्षात्मक स्थान (बंकररसेल्टर) बाहिर ननिस्कन, इजरायली सरकारले जारी गरेका सुरक्षा निर्देशिकाहरूको पूर्ण पालना गर्न, नेपाली समुदायसँग नियमित सम्पर्कमा रहन रनेपाली राजदूतावास तथा परराष्ट्र मन्त्रालयसँग नियमित सम्पर्क कायम राख्न निर्देशन दिएको छ ।

मन्त्रालयले नेपाली नागरिकहरूलाई संकटको अवस्थामा उद्धार तथा सहायता कार्य सहज बनाउन राजदूतावासको वेबसाइटमा रहेको अनलाइन फारम भरिदिन पनि अनुरोध गरेको छ। यात्राका लागि योजनामा रहेका नेपाली नागरिकहरूलाई समेत मन्त्रालयले अत्यावश्यक काम बाहेक इजरायल तथा इरानको भ्रमण नगर्न आग्रह गरेको छ।

त्यस्तै मन्त्रालयले नेपालबाट मध्यपूर्वका अन्य देश, इजरायल र इरानको भ्रमण वा वैदेशिक रोजगारीका लागि जान चाहने नेपालीहरूलाई हालको अवस्थामा यात्रा नगर्न अनुरोध गरेको छ। इजरायल वा इरानबाट स्वेच्छाले नेपाल फर्कन चाहने नागरिकहरूलाई हाल ती देशको हवाइमार्ग बन्द रहेका कारण तेस्रो मुलुकमार्फत फर्किनुपर्ने सम्भावना रहेको मन्त्रालयले जनाएको छ।

यस्तो अवस्थामा ट्रान्जिट भिसा आवश्यक हुन सक्ने भएकाले, मन्त्रालयले सोको सहजीकरणका लागि आवश्यक पहल गरिने जानकारी दिएको छ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img