इरानले इसराइलको अस्पतामा हमला गरेको छ।बिहीबार इसराइलको दक्षिणी सहरको बेर्सेबास्थित सोरोका मेडिकल सेन्टरमा इरानले हमला गरेको अमेरिकी पत्रिका न्यूयोर्क टाइम्सले जनाएको छ।
इरानको रिभोलुसनरी गार्ड कोर (आइआरजिसी) सम्बद्ध फार्स समाचार एजेन्सीलेअस्पतालको छेउमा रहेको इजरायली सैन्य सुविधाहरूलाई लक्ष्य गरेर आक्रमण गरिएको बताएको छ।
इरानको आक्रमणबाट अस्पतालमा क्षति पुगेको बताइएको छ। केही भागमा क्षति पुगेपछि त्यहाँबाट मानिसहरूलाई बाहिर निकालिएको छ।आइआरजिसीले हमलामा आत्मघाती ड्रोन र रणनीतिक मिसाइलकहरूको प्रयोग गरिएको भनेको अमेरिकी मिडिया सिएनएनले जनाएको छ।
इरान–इसराइल तनावबीच इरानल पहिलोपटक अस्पतालमा आक्रमण गरेको हो।इरानमाथिकाे हमला इसराइललाइ भारी पर्दै गएकाे छ। एकाएक इरानमाथि हमला गरेकाे इजरायल अहिले इरानकाे हमलाले तनावमा छ। अमेरिकाले सहयाेग गर्ने अाशंका सहित इरानले अमेरिकालाइ पनि चेतावनी दिएकाे छ।