डोल्पाको ठुलिभेरी नगरपालिकाले नीति तथा कार्यक्रम र बजेट समेत शुक्रबार प्रस्तुत गरेको छ । नगरपालिकाकाे १५ औं नगरसभामा नीति तथा कार्यक्रमसंगै बजेट पनि प्रस्तुत गरि पारित गरिएकाे हाे।
सुशासन,आर्थिक समृद्धि, सामाजिक न्याय, गरीबी निवारण, रोजगारी सिर्जना र उद्यमशीलता विकास गरी समृद्ध नगर , सुखी नगरवासीको दीर्घकालीन परिकल्पना कार्यान्वयन गर्न ठूलीभेरी नगरपालिकाको मार्गचित्र अनुसार साेहि विषयहरूलाई प्राथमिकता दिइएर नीति तथा कार्यक्रम सहित बजेट ल्याइएकाे नगर प्रमुख श्ववर्ण कुमार बुढाले जानकारी दिनुभयाे।
नगर प्रमुख बुढाले थपे”शिक्षा,स्वास्थ्य,राेजगारी,कृषी र पूर्वाधारकाे अामुल परिवर्तनकाे लागि सबै र सर्वपक्षिय विषयलाइ समेटर बजेट ल्याइएका छाैँ। सङ्घीय सरकार र प्रदेश सरकारको सहयोग , समन्वयमा ठूलीभेरी नगरपालिकाको रणनीतिक महत्वको रूपमा रहेका जैरी-बेनी-बाग्लुङ सडक, रुपपाटन-रुकुम पूर्व सडक प्राथमिकताका साथ निर्माण गर्ने व्यवस्था लागि उच्च पहल गर्नेछाैँ” मेयरसँग जनता कार्यक्रम मार्फत सामाजिक क्षेत्रमा अात्मनिर्भरतालाइ जाेड दिने उहाँकाे भनाइ छ।
नगरसभाबाट सर्वसम्वत नीति तथा कार्यक्रमसँगै ५३ करोड २३ लाख ७९ हजार बजेट पारित भएकाे नि.प्रमुख प्रशासकिय अधिकृत डिलप्रसाद राेकायाले जानकारी दिनुभयाे। उहाँका अनुसार चालु तर्फ ३९ करोड ८६ लाख ७४ हजार र पुँर्जीगत तर्फ १३ करोड ३७ लाख ५ हजार बजेट रहेको छ ।