spot_img

मुलुकभरका अधिकांस स्थानमा चट्याङसहित वर्षाःकाठमाडाैंका नदी किनारमा जल सतह बढेपछि सावधानी अपनाउन आग्रह

spot_img

आइतबार मध्यरातमा कर्णाली, लुम्बिनी, गण्डकी, बागमती र कोशी प्रदेशमा मेघगर्जन र चट्याङसहित वर्षा भयो। मौसम पूर्वानुमान महाशाखाका अनुसार वर्षा गराउने बादल दक्षिणतर्फ सर्दै गएका छन्, जसले गर्दा वर्षाको सम्भावना बढेको छ।
महाशाखाले मौसममा तीव्र उतारचढाव र चट्याङको जोखिमलाई ध्यानमा राख्दै सतर्कता अपनाउन अनुरोध गरेको छ।

कर्णाली, लुम्बिनी, गण्डकी, बागमती र कोशी प्रदेशका विभिन्न स्थानहरूमा अहिले (आइतबार राति) मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम तथा केही स्थानमा भारी वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार वर्षा गराउने बादलहरू दक्षिणतर्फ सर्दै गइरहेका छन्, जसका कारण आगामी घण्टाहरूमा थप वर्षा हुन सक्ने सम्भावना रहेको छ। मौसममा तीव्र उतारचढाव र चट्याङको जोखिम भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

बागमती र धोबीखोलाको जलस्तर सतर्कता तह पार, नदी किनारमा सावधानी अपनाउन आग्रह

काठमाडौं जिल्लास्थित बागमती नदी (गौरीघाट) र धोबीखोला (चाबहिल) पानीले सतर्कता तह नाघेको जलमापन केन्द्रले जनाएको छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार असार ८ गते राति ११ः३० बजे उक्त स्थानहरूमा जलस्तर बढ्दो क्रममा रहेको र अझै पानी बढ्न सक्ने भएकाले नदी किनारमा यात्रा गर्ने वा बसोबास गर्नेहरूलाई उच्च सतर्कता अपनाउन अनुरोध गरिएको छ।

विभागले थप वर्षा हुने सम्भावना रहेकोले आकस्मिक बाढीको जोखिमलाई ध्यानमा राख्दै सावधानीपूर्वक रहन अनुरोध गरेको छ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img