spot_img

आइसीसी टी–२० वरियतामा सन्दीप र ललितको छलाङःअन्य खेलाडीकाे अवस्था यस्ताे छ

spot_img

नेपाली क्रिकेट टोलीका दुई स्पिनर सन्दीप लामिछाने र ललित राजवंशीले आइसीसीको टी–२०आई वरियतामा उल्लेख्य सुधार गरेका छन् । बलिङतर्फ लेगस्पीनर सन्दीप लामिछानेले एकैपटक ४१ स्थान सुधार गर्दै ७५औं स्थानमा उक्लिएका छन् । उनले स्कटल्याण्डमा भएको टी–२०आई शृंखलामा ४ खेलमा ११ विकेट लिएका थिए ।

त्यस्तै बाँयाहाते स्पीनर ललित राजवंशीले २९ स्थान सुधार गर्दै ५४औं स्थानमा उक्लिएका छन् । उनले स्कटल्याण्डको शृंखलामा ४ विकेट लिएका थिए । अलराउण्डर वरियतामा दीपेन्द्रसिंह ऐरी तेस्रो स्थानमा यथावत् छन् । कुशल भुर्तेलले ६ स्थान सुधार गरेर ३२औं स्थानमा छन् । ब्याटिङमा पनि कुशल भुर्तेलले १० स्थान सुधार गरेर ८३औं स्थानमा उक्लिएका छन् ।

नेपाली टोली टी–२०आई वरियतामा १८औं स्थानमा तथा एकदिवसीय वरियतामा १७औं स्थानमा यथावत् छ । ललित राजवंशीले एकदिवसीयमा पनि ५ स्थान सुधार गरेर ४८औं स्थानमा छन् । सन्दीप लामिछाने १ स्थान सुधार गर्दै ५४औं स्थानमा छन् ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img