डाेल्पाका सबै स्थानीय तहले ल्याय बजेटःकतै जनप्रतिनिधि विच लफडा,कुन स्थानीय तहले कति र केके विषयलाइ दिए मुख्य प्राथमिकता,कृषी,राेजगार र पर्यटनका मुद्दा अधिकांसमा ओझेलमा
८ वटा स्थानीय तह रहेकाे जिल्ला डोल्पाका सबै स्थानीयतहले बजेट ल्याएका छन्। २ नगरपालिका र ६ गाउँपालिकारहेको डोल्पामा सबै स्थानीय तहले मंगलबार भित्रनै बजेट सार्वजनिक गरेका हुन्। सबै भन्दा बढी र सबै भन्दा पहिले ठुलीभेरी नगरपालिकाले बजेट ल्याएको छ।

नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२÷०८३ का लागि ५३ करोड २३ लाख ७९ हजार रुपैयाँ बराबरको बजेट पारित गरेको छ। नगरपालिकाले चालु खर्चतर्फ ३९ करोड ८६ लाख ८४ हजार र पुँजीगत खर्चतर्फ १३ करोड ३७ लाख ५ हजार रुपैयाँ विनियोजन गरेको छ। पूर्वाधार,शिक्षा,स्वास्थ्य,राेजगार र कृषी,पर्यटन क्षेत्रहरू मुख्य प्राथमिकतामा राखेर बजेट ल्याइएकाे नगरपालिकाले जनाएकाे छ।

यस्तै त्रिपुरासुन्दरी नगरपालिकाले आर्थिक वर्ष २०८२÷८३ को लागि ५२ करोड ३८ लाख ३० हजार ३७४ रुपैयाँको बजेट सार्वजनिक गरेको छ। बजेट सार्वजनिक गरेपनि माओवादी र कांग्रेसका बहुमत जनप्रतिनिधिहरूले नगर सभा बहिष्कार गरेका कारण बजेट पारित हुनेका शंका उत्पन्न भएकाे छ। केहि विषयमा विवाद देखिएकाले नगरपालिका भित्रकाे समस्या मिलाउन लागि परेकाे नगर प्रमुख जनचन्द्र रोकायले बताए।

मुड्केचुला गाउँपालिकाले आर्थिक वर्ष २०८२÷८३ का लागि चालू तर्फ ६० दशमलव ४७ प्रतिशत र पूजिंगत तर्फ ३९ दशमलव ५३ प्रतिशत गरी कुल ४२ करोड ३२ लाख २२ हजार १ सय १२ रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको हो। बजेटले स्थानीय पूर्वाधार, शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, संचार तथा सामाजिक विकासजस्ता महत्वपूर्ण क्षेत्रहरूमा प्राथमिकता दिएकाे अध्यक्ष दत्त वहादुर शाहीले जनकारी दिए। गाउँपालिकाको समावेशी विकास र समृद्धिको मार्गचित्रका रूपमा प्रस्तुत यो बजेटले स्थानीय आवश्यकता तथा सम्भावनालाई आत्मसात गर्दै आगामी वर्षका योजनाहरू कार्यान्वयन गर्ने विश्वास लिइएको उहाँकाे भनाइ छ।

जगदुल्ला गाउँपालिका डोल्पाले रु ३३ करोड ८२ लाख ५३ हजार ६ सय ३२ रुपैयाँ बराबरकाे बजेट ल्याएकाे छ।राज्यका हरेक मुख्याङ्कनमा उत्कृष्ट रहेकाे यस पालिकाले पूर्वाधार निर्माण र दिगाे विकासलाइ मुख्य प्राथमिकता दिएर भएर बजेट विनियोजन गरिएको गाउँपालिका अध्यक्ष नारासिंह राेकायाले जानकारी दिए।

उपल्लाे डाेल्पाकाे शे–फोक्सुण्डो गाउँपालिकले आगामी आर्थिक वर्ष २०८२÷८३ का लागि कुल रु ३७ करोड १९ लाख ९९ हजारको बजेट पारित गर्दै सभा सम्पन्न भएको हो।पारित बजेटमध्ये चालुतर्फ रु १३ करोड ७५ लाख १० हजार ६५० र पुँजीगततर्फ रु २३ करोड ४४ लाख ८८ हजार ३५० विनियोजन गरिएको छ। बजेटले शिक्षा र स्वास्थ क्षेत्रलाइ मुख्य प्राथमिकतामा राख्दै गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता र दीगोपन कायम साक्षर पालिका समेत घोषणा गर्दै गाउँपालिका अध्यक्ष धावा सम्डुक गुरूङले पूर्वाधारलाइ पनि प्राथमिकतामा राखेकाे जानकारी दिए।

डोल्पो बुद्ध गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२÷८३ का लागि कुल ३१ करोड ४ लाख ११ हजार ९७ रुपैयाँको बजेट सर्वसम्मत पारित गरेको छ।गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मनबहादुर थापाका अनुसार उक्त बजेटमध्ये चालु खर्चतर्फ १४ करोड १० लाख ९८ हजार ९७ रुपैयाँ र पूँजीगत खर्चतर्फ १६ करोड ९३ लाख १३ हजार रुपैयाँ विनियोजन गरिएको छ। पूर्वाधार,शिक्षा,स्वास्थ्य,राेजगार र कृषी,पर्यटन क्षेत्रहरू मुख्य प्राथमिकतामा राखेर बजेट ल्याइएकाे गाउँपालिकाले जनाएकाे छ।

काईके गाउँपालिकाको गाउँ सभाले चालू र पुजीगत तर्फ गरि जम्मा रु ३३ करोड ५९ लाख ३९ हजार ७ सय ६५ रुपैया बराबरको बजेट पारित गरेको छ ।काईके गाउँपालिकाले आ.ब. २०८२÷८३ को लागि संघीय सरकार समानिकरण अनुदान रु ७ करोड ५२ लाख, संघीय सरकार शसर्त अनुदान चालू तर्फ रु ७ करोड ९९ लाख, संघीय सरकार शसर्त अनुदान पुजीगत रु ३ करोड २७ लाख, संघीय सरकार समपुरक अनुदान पुजीगत रु ८४ लाख बजेट विनियोजन गरेको छ ।पूर्वाधार,शिक्षा,स्वास्थ्य,राेजगार र कृषी क्षेत्रहरू मुख्य प्राथमिकतामा राखेर बजेट ल्याइएकाे गाउँपालिकाले जनाएकाे छ।

यसैगरी छार्का ताङ्सोङ गाउपालिकाले आगामी आर्थिक वर्ष २०८२÷८३ का लागि कुल ३३ करोड ७७ लाख बजेट सर्वसम्मत पारीत गरेकाे गाउँपालिका अध्यक्ष सेनाङ गुरुङले जानकारी दिए। गाउँपालिका भित्रका गाउँगाउँमा सडक संजाल जाेड्ने,पालिका भवन,निर्माण लगाएतका विषय र अन्य सबै क्षेत्रलाइ समेटेर बजेट ल्याइएकाे उध्यक्ष गुरूङकाे भनाइ छ।
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -