डोल्पा जिल्लामा अविरल वर्षाका कारण विभिन्न स्थानमा बाटी पहिराेले बितण्डा नै मच्चाएकाे छ। जिल्ला समरमुकाम दुवै बजार नजिकै रहेकाे तिब्ला खाेलामा पनि निरन्तर बाढी अाइरहेकाे छ। बाढीले दुनै बजार जाेखिम त बढेकाे छ नै भेरी नदी पनि थुनीय ठुलाे जाेखिम हुने देखिन्छ। सदरमुकामवासी त्रासै त्रासमा बाँची हरेका छन्।
यस्तै काइके गाउँपालिकामा वडा नम्वर ४ काे रिबा गाउँमा पूर्ण, आंशिक र सामान्य गरी करिब ५३ घरमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी नायब उपरीक्षक रुकबहादुर खड्काले जानकारी दिए । डीएसपी खड्काका अनुसार ४ घरमा लेदो पस्दा पूर्ण क्षति भएको छ भने पुथा आधारभूत विद्यालयको चारकोठे कच्ची भवन पूर्ण रूपमा क्षति भएको छ । बाढीबाट विद्यालयका कम्प्युटर, सीसीटीभी, दिवा खाजा, भवन संरचनालगायतमा करिब २० लाख रुपैयाँबराबरको क्षति भएको प्रहरीले जनाएको छ । सबैगरी कराेडाैँकाे क्षति भएकाे अनुमान छ।
यस्तै त्रिपुरासुन्दरीकाे वडा नम्वर ३ काे जिउँ गाउँमा पनि २० भन्दा बढी घरमा पहिलाे पसेर मान्छेहरू बस्नै नमिल्ने गरि बाढीले क्षति पुर्याएकाे छ। केहि घरहरू उच्च जाेखिममा रहेकाे स्थानीयले बताएका छन्।
बुधबार राति मात्रै अविरल वर्षापछि आएको बाढीले त्रिपुरासुन्दरी नगरपालिका–२ स्थित नादा क्षेत्रको रुमखोलामा ठूलो क्षति पु¥याएको थियाे। निर्माणाधिन ३०० घनमिटर ग्याविन जालीमा क्षति पुगेको छ भने, करिब ८० थान ग्याविन जाली बाढीले बगाएको वडा अध्यक्ष टंक बहादुर थापा (विकास) ले जानकारी दिए।बाढीले लु ४ त ८३७४ नम्बरको ट्र्याक्टर पनि ठुलीभेरी नदीको किनारामा पु¥याएको थियाे।
हालसम्म मानविय क्षति भएकाे छैन तर वर्खाकाे समयमा अत्यधिक बाढी पहिराेकाे समस्या भएकाले सतर्क भएर बस्न जररी छ।