spot_img

संसद्को रोष्ट्रममै च्यातियाे निजामती विधेयकको प्रतिवेदनःगरिवका छाेराछाेरीलाइ निजामती सेवामा पस्न राेक लगाएकाे आराेप

spot_img

आम जनता पार्टी (आजपा)का अध्यक्ष प्रभु साहले निजामती सेवा विधेयकको प्रति च्यातेका छन् । संसदमा विचाराधीन निजामती सेवा विधेयकले सबै नागरिकलाई समान रुपमा नहेरेको भन्दै उनले विधेयकको प्रति नै च्यातेका हुन् । निजामती विधेयकपास भएको साक्षी आफू रहन नसक्ने भन्दै उनले रोष्ट्रममै विधेयकको प्रति च्याते ।

‘अब गरिबले लोकसेवा दिन नपाउने ?’ साहले भने, ‘कित भन्नुप¥यो अब कसैले ट्वाइलेटमा सफा गर्ने छैन । पिउनको काम कसैले गर्ने छैन । ड्राइभरको काम कसैले गर्ने छैन । गर्नेछ भने तिनको जीवन जीवन होइन ?’

विधेयकले कमजोर पक्षको सुरक्षा गर्नुपर्नेमा तल्लो तहमा काम गर्नेको सुरक्षा निजामती विधेयकले नगरेको बताए । ‘तर आज तिनलाई (तल्लो स्तरमा काम गर्ने श्रेणिविहीन कर्मचारीलाई  रुवाउने विधेयक हामीलाई स्वीकार्य छैन’ साहले थपे, ‘नेपाली जनतालाई रुवाउने कामको साक्षी म बन्न सक्दिनँ । सांसदहरूलाई पनि नबन्नुहोस् भनेर आग्रह गर्न चाहन्छु ।’

यति भनेर उनले बैठक बहिष्कार गर्ने जानकारी गराउँदै निजामती विधेयकको प्रति च्यातेर रोष्ट्रमबाट हिँडे ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img