spot_img

सार्वभाैम संसदलाइ झुक्काएर निजामती बिधेयकमा चलखेलःसभापति खतिवडा र महासचिव पद्मप्रसाद पाण्डे संकाकाे घेरामा,दुवैकाे राजीनामा माग्ने तयारी

spot_img

निजामती सेवा बिधेयकमा कुलिङ पिरियडसम्बन्धि प्रावधानमा चलखेल भएको विषयमा सांसदहरूले संसदको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरी खतिवडाको राजीनामा माग गरेका छन्। उनकै मिलेमतोमा यसरी सांसदलाई समेत झुक्याएर उच्च प्रशासकको हकमा कुलिङ पिरियड लागु नहुने गरी शब्द थपिएको आरोप लागेको छ ।

यस विषयमा सभामुख देवराज घिमिरे र राज्य व्यवस्था समितिका सांसदहरुबिच मंगलबार बिहान छलफल भएको छ । जसमा सांसदहरुले गम्भीर आपत्ति जनाउँदै छानविनको माग गरेका हुन् । सभामुख घिमिरेले छानविन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

माओवादी र राष्ट्रिय स्वतन्त्र पार्टीले सभापति खतिवडाको राजीनामा माग गरेका छन् । माओवादी केन्द्रका सांसद माधव सापकोटाले सभापतिकै हस्ताक्षर रहेकाले उनी जिम्मेवार हुने बताए। उनले भने, ‘उहाँको संलग्नता छ भने कानुनी हिसाबले पनि गम्भीर कुरा हो। उहाँको संलग्नता छैन भने नैतिक रूपमा उहाँले हस्ताक्षर गरेको भन्दा बाहिरको कुरा कहाँबाट आउँछ ? त्यसैले समितिको सभापति र सचिवले राजीनामा दिनुपर्छ।’

एकीकृत समाजवादीका सांसद राजेन्द्र पाण्डेले पनि सभापतिको मिलेमतोबिना यस्तो चलखेल सम्भव नहुने बताए ।

माओवादी केन्द्रका सांसद जनार्दन शर्माले सार्वभौम संसदमाथि गम्भीर अपराध भएकाले छानविन गर्नुपर्ने बताएका छन्।

रास्वपाका सांसदहरुले पनि खतिवडाको राजीनामाको माग गरेका छन् । रास्वपा सांसद सुमना श्रेष्ठले कर्मचारीलाई देखाएर सभापति उम्कन नपाउने बताइन् ।

एमाले सांसद पदम गिरीले पनि सिंगो संसदलाई बदनाम गराउने काम भएको बताए ।

सभापति रामहरी खतिवडाले त्यसरी बिधेयकमै प्रावधानहरु हेरफेर भएको विषयमा कर्मचारीमाथि दोष दिदै आफ्नो गल्ती नभएको दाबी गरेका छन् । यसमा छानविन समिति बन्ने उनको भनाई छ । छानविन गरेपछि मात्र राज्य व्यवस्था समितिको बैठक बस्ने बताए । कानून निर्माणको प्रक्रियामा गम्भीर षडयन्त्र भएको उनको टिप्पणी छ । ‘हामीले यस विषयमा छानविनका लागि सभामखुज्यूलाई आग्रह गरेका छौं,’ उनले भने, ‘मेरो गल्ती देखिए ठाउँमा छानविनका लागि म तयार छु ।’

पद्मप्रसाद पाण्डेमाथि शंकाको सुई

प्रतिनिधि सभामा अहिले महासचिवको भूमिकामा पद्मप्रसाद पाण्डे छन् । उनी नै महासचिव रहेको प्रतिनिधि सभाबाट समितिको निर्णयसहितको प्रतिवेदन हुबहु पेस भएर आइतबार पारित भएको हो । तर, पारित भइसकेको उक्त विधेयक अहिले आएर किर्ते भएकाले उनीमाथि शंका गर्ने प्रशस्त ठाउँ रहेको संसद सचिवालयकै कर्मचारी बताउँछन् ।

रोचक त के छ भने कुलिङ पिरियड राख्ने समितिमा भएको सहमतिविरुद्ध गत जेठ ८ गत मुख्यसचिव एकनारायण अर्यालयको नेतृत्वमा नेताको घरघर र सिंहदरबारस्थित शक्तिकेन्द्रमा धाउँदा त्यसको महत्त्वपूर्ण सदस्य पाण्डेय पनि थिए । उनीहरूको दौडधुपबारे सञ्चारकर्मीले भिडियो खिच्दा उनी मुख छोप्दै सिंहदरबारमा दौडिरहेको फोटो र भिडियो सामाजिक सञ्जालमा निकै भाइरल भएको थियो ।

जेठ २ गते शुक्रबारको बैठकले नै विधेयकमा कुलिङ पिरियड राख्ने निर्णय गरेको थियो । त्यसलगत्तै अर्यालको नेतृत्वमा सुरुमा निकै दौडधुप भए पनि समिति र शीर्ष नेतृत्वसमेत त्यसमा टसमस नभए पनि अन्तिममा संसदकै महासचिव प्रयोग गरेर विधेयकमा किर्ते भएको आशंका गरिएको छ ।

विवादित पृष्ठभूमिका पाण्डेयले आफ्नो बारेमा समाचार प्रकाशित भएपछि त्यतिबेला सञ्चारमाध्यमलाई धम्क्याउने प्रयाससमेत गरेका थिए ।

संसद सचिवालयकै स्वामित्वमा रहेको विधेयकमाथि किर्ते गरी शब्द थपघट भएको घटनामा महासचिवले नैतिक जिम्मेवारीबाट उम्किन नमिल्ने सरोकारवाला बताउँछन् । उनी मातहतकै कर्मचारीबाट शब्द हेरफेर गरेकै भएपनि उनको आडभरोसा बिना यो सम्भव हुन नसक्ने उनीहरुको भनाइ छ ।

उसो त राज्यवस्था तथा सुशासन समितिकै सभापति रामहरि खतिवडामाथि पनि नैतिक जिम्मेवारी छ । उद्यपि उनले आफूलाई यसबारे कुनै जानकारी नरहेको जिकिर गर्दै आए पनि समितिकै सदस्यहरूले यो विषयमा छानबिनमात्रै होइन, उनले पदबाट राजीनामासमेत माग्न सुरु गरिसकेका छन् ।

राजीनामा माग्ने तयारी

शंकाको सुई महासचिवतिर हुँदै गर्दा सभापति रामहरि खतिवडाले आफूलाई थाहा नभएको दाबी गरे पनि नैतिक जिम्मेवारी उनीमाथि छ । समितिकै सदस्यहरूले उनको राजीनामा माग्ने तयारी गरेका छन् ।

नेकपा एकीकृत समाजवादीका सांसद राजेन्द्र पाण्डेले यस्तो गम्भीर लापर्बाही समिति सभापतिको सहयोगविना नहुने दाबी गरे । उनले समितिका सभापति खतिवडाले राजीनामा दिनुपर्ने प्रस्ट पारे ।

एमाले सांसद गिरीले पनि विषय नटुङ्गिएसम्म राज्य व्यवस्था समितिको बैठक नै अघि बढ्न नसक्ने बताए ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img