कर्णाली याक्सले नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणका लागि ७ खेलाडीलाई रिटेन गरेको छ । कर्णालीले कप्तान तथा मार्की प्लेयर सोमपाल कामीसहित ७ खेलाडीलाई रिटेन गरेको हो ।
सोमपालसहित गुल्शन झा, नन्दन यादव, अर्जुन घर्ती, दीपेन्द्र रावत र युनिश विक्रमसिंह ठकुरी छन् । यस्तै ट्यालेन्ट हन्टबाट ल्याइएका विपीन शर्मालाई पनि कर्णालीले रिटेन गरेको छ ।
कर्णालीले देव खनाल, भुवन कार्की, रित गौतम, दीपक डुम्रेलाई भने रिलिज गरेको छ । कर्णाली पहिलो संस्करणमा प्लेअफसम्म पुगेको थियो ।
यसअघि सुुदूरपश्चिम रोयल्स, चितवन राइनोज, काठमाडौं गुर्खाज र पोखरा एभेन्जर्सले रिटेन हुने खेलाडीको नामावली सार्वजनिक गरिसकेका छन् ।