spot_img

रवि विरूद्द राजनीतिक प्रतिशोध भएकाे भन्दै रास्वपाकाे हस्ताक्षर अभियान तिव्रःलाखाैँ नागरिक सहभागि,राजनीति देखि न्यायलयसम्म हलचल

spot_img

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले रवि विरूद्द राजनीतिक प्रतिशोध भएकाे भन्दै रास्वपाको हस्ताक्षर संकलन अभियान तिव्र पारेकाे छ। कांग्रेस र एमाले नेतृत्वकाे केपी अाेली सरकारले रवि लामिछानेलाइ सिध्याउन खाेजेकाे भन्दै अभियान चलाउनु परेकाे बताएकाे छ। आफ्नो तेस्रो स्थापना दिवसको अवसर पारेर सभापति रवि लामिछानेको पक्षमा हस्ताक्षर अभियान सुरुवात गर्यो । सामान्य ढंगले सुरुवात गरिएको भए पनि यो अभियानलाई निकै वृहद र शक्तिशाली बनाउने तयारी पार्टीले गरेको छ ।

पार्टीका प्रमुृख नेताहरुको उपस्थितिमा गत असार ७ गते माइतीघरबाट हस्ताक्षर अभियानको थालनी गरिएको थियो । अहिले यसलाई काठमाडौं लगाएत विभिन्न स्थानमा मात्र नभएर देशभर र विदेशमा समेत विस्तार गरिएको छ । जनताको उल्लेख्य हिस्सालाई छुने गरी अभियानको डिजाइन गरिएको नेताहरुले बताएका छन् ।

हालसम्म हस्ताक्षर अभियानमा लाखाैँ नागरिक सहभागि भइरहेका छन्। जनताकाे अदालतले फैसला गर्नेगरी अभियान चलाएका नेताहरूले राजनीतिक वृत देखि न्यायलयसम्मलाइ हलचल ल्याउन सक्छ।

रविलाई उच्च अदालत तुल्सीपुरको बुटबल इजलासले गत चैत २२ गते पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो । उक्त आदेशलाई गत जेठ ९ गते सर्वोच्च अदालतले पनि सदर गरिदियो । सर्वोच्चको निर्णयपश्चात कम्तिमा मुद्दाको फैसला नहुँदासम्म रवि थुनामै बस्नुपर्ने भएको छ । कानूनी बाटोहरु बन्द भएपछि रास्वपाले सडक संघर्षको नयाँ स्वरुपका रुपमा ‘हस्ताक्षर अभियान’ को सुरुवात गरेको हो ।

रवि लामिछानेमाथिको राजनीतिक प्रतिशोधका विरुद्ध भनिए पनि अभियानको राजनीतिक उद्देश्यसमेत देखिन्छ । अभियानका नाम छ– रवि लामिछानेमाथि भएको राजनीतिक प्रतिशोधविरुद्ध जनताको हस्ताक्षर अभियान । यसको मुख्य नारा हो– आशामाथि प्रहार, सहँदैनौं खबरदार ।

यस्तै, तीनवटा सहायक नाराहरु यस्ता छन्ः

–विधिको शासन कायम गर, राजनीतिक प्रतिशोध बन्द गर

–हस्ताक्षर न्यायका लागि, ऐक्यवद्धता रविका लागि

–यो व्यक्तिमाथिको आक्रमण होइन, प्रणाली बदल्ने संकल्पमाथिको प्रहार हो ।

के गरिन्छ संकलित हस्ताक्षर ?

देशभरबाट हस्ताक्षर संकलन पश्चात केन्द्रमा ल्याएर जनतामाझ नै सार्वजनिक गर्ने योजना पार्टीको छ । काठमाडौंमा एउटा कार्यक्रम गरेर संख्या सार्वजनिक गर्ने र त्यसको बोधार्थ कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाका प्रमुखहरुलाई पठाइने न्यौपानेले बताए । संकलित हस्ताक्षरको आडमा अरु कुनै पनि राजनीतिक अभिष्ट नराखिएको उनको भनाइ छ ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img