spot_img

कांग्रेस केन्द्रीय समितिमा गगन थापाविरूद्ध खनिए मोहन बस्नेत भने मलाइ फसाइयाे,गगनको जवाफ फोहोर चलाएर फोहोरी बन्दिनँ

spot_img

नेपाली कांग्रेसका केन्द्रीय सदस्य मोहनबहादुर बस्नेत महामन्त्री गगन थापाविरूद्ध खनिएका छन्।सानेपामा बुधबार बसेको केन्द्रीय समिति बैठकमा बोल्दै बस्नेतले महामन्त्री थापालाई लक्ष्य गर्दै धेरै महत्त्वकांक्षा बोकेर हिँड्नेहरू होस् गर्नु भनेका हुन्।

महामन्त्री थापाले सदनमा टेरामक्स लगायतका भ्रष्टाचार विषयमा बोलेर अख्तियार पठाउने गरेको आरोप बस्नेतको छ।अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार प्राधिकरणका लागि टेरामक्स प्रविधि खरिद गर्दा भ्रष्टाचार भएको भन्दै मोहनबहादुर बस्नेतसहित १६ जनाविरूद्ध जेठ १ गते मुद्दा दर्ता गरेको थियो।विशेष अदालत काठमाडौंले असार १५ गते बस्नेतलाई २५ लाख धरौटीमा छाड्न आदेश दिएको थियो।यही प्रसंग उठाउँदै केन्द्रीय सदस्य बस्नेतले महामन्त्री थापामाथि आक्रोश व्यक्त गरेका हुन्।

आफूविरूद्ध अख्तियारले भ्रष्टाचार मुद्दा दर्ता गर्नुमा महामन्त्री थापाको हात रहेको आरोपसमेत उनको थियो। प्रतिशोधको राजनीतिले कसैलाई पनि नछाड्ने उनले बताएका थिए।‘महामन्त्री गगनजी मलाई मात्रै होइन, बालकृष्ण खाणलाई पनि समाउनुपर्छ भनेर अख्तियारमा लाग्नुभयो, मलाई मात्रै होइन सबै नेतालाई समाउनुहोस्, तपाईं चाहिँ कहाँ जानु हुन्छ नि! तपाईंको बारेमा हामीले भनिदिएको छैनौं। महामन्त्रीजीका बारेमा मसँग ठूलो फाइल छ, अहिले म धेरै भन्न चाहन्न,’ बस्नेतले केन्द्रीय समिति बैठकमा भने, ‘यहाँ कोही पनि चोखो छैन, प्रतिशोधको राजनीतिले कसैलाई पनि छाड्दैन।’
उनले आफू अन्यायमा परेको भन्दै केन्द्रीय समिति बैठकमा बोल्न नपाए बाहिर बोल्नुपर्छ भन्दै कुरा अघि बढाएका थिए।‘हामीलाई पनि छ पीडा, यहाँ बोल्न नपाए बाहिर बोल्नुपर्छ,’ बस्नेतले भने, ‘म अन्याय सहन्न, अन्तिमसम्म लड्छु, प्रतिकार गर्छु। धेरै महत्त्वकांक्षा बोकेर दौडिनेहरू होस् गर्नुस्, ठाउँको ठाउँ पर्ला, कुठाउँ पर्ला।’बस्नेतले केन्द्रीय समितिमा करिब १४ मिनेट कुरा राखेका थिए।

मोहन बस्नेतप्रति गगनको टिप्पणीःफोहोर चलाएर फोहोरी बन्दिनँ

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पूर्वमन्त्री मोहन बस्नेतले आफू माथि लगाएको आरोपलाई फोहोरको संज्ञा दिएका छन् ।बुधबारको पार्टी बैठक पछि बस्नेतको बोलीप्रति छोटो प्रतिक्रिया दिँदै थापाले फोहोर चलाएर म फोहोरी बन्न नचाहने बताए ।

टेरामक्स भ्रष्टचार मुद्धामा धरौटी बुझाएका बस्नेतले केन्द्रीय समिति बैठकमा महामन्त्री थापाप्रति खनिएका थिए । बस्नेतको बोलीप्रति टिप्पणी गर्दै थापाले भने,‘बाले भन्नुहुन्थ्यो, कसैले आरोप लगाए दिइहाल्नुपर्छ ।

आमाले भन्नुहुन्थ्यो, ‘फोहोर नचलाउनु–फोहोर चलाए आफैँ फोहोरी भइन्छ । आज म आमाको कुरा सुन्छु ।’कांग्रेसको केन्द्रीय समितिको बैठक १६ असारदेखि जारी छ ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img