spot_img

यू–१६ इस्ट जोन कपःमलेसियालाई सजिलै हराएर नेपाल फाइनलमा,उपाधि भिडन्त सिंगापुर हुँने

spot_img

नेपाल एसिसी मेन्स इस्ट जोन कप २०२५ को उपाधि नजिक पुगेको छ। सेमिफाइनलमा घरेलु टोली मलेसियालाई ९ विकेटको फराकिलो अन्तरले पराजित गर्दै नेपाल फाइनलमा पुगेको हो।मलेसियाले दिएको ९१ रनको लक्ष्य नेपालले ११.४ ओभरमा १ विकेटको क्षतिमा पूरा ग¥यो। नेपालका लागि ओपनर परिमार्जन यादवले ३५ बलमा ५ चौका र ५ छक्काको मद्दतमा नटआउट ५९ रन बनाए भने शिवान्स बजागाइँले २२ बलमा ५ चौका प्रहार गर्दै नटआउट २३ रन बनाए।प्रसिद्ध जैशी भने २ रनमा आउट भएका थिए।

त्यसअघि क्वालालम्पुरमा टस जितेको नेपालले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको मलेसिया ४३.१ ओभरमा ९० रनमा अलआउट भयो। मलेसियाका लागि मुहमद फतुल मुहिनले ३८ रन बनाए। अन्तिम विकेटको रुपमा आउट हुनुअघि उनले ७१ बलमा ६ चौका र १ छक्का प्रहार गरे।

अरु ब्याटर सस्तैमा आउट भए। बलिङमा नेपालका अभय यादवले ४ विकेट लिए। उनले १० ओभरमा १५ रन खर्चिए।शुभम् खनालले ३ विकेट लिन सफल भए भने सचिन भट्ट र कप्तान विपिनप्रसाद शर्माको नाममा १–१ विकेट रह्यो।

 नेपालले उपाधिका लागि सिंगापुरसँग भिड्ने भएको छ । भर्खरै सकिएको दोस्रो सेमिफाइनलमा सिंगापुरले हङकङलाई हराएर फाइनलमा स्थान बनाएको हो ।पहिले ब्याटिङ गरेको हङकङले ४३ ओभरमा सबै विकेट गुमाएर १६८ रन जोडेको थियो । जवाफमा सिंगापुरले ३८.५ ओभरमा ६ विकेट गुमाएर लक्ष्य भेट्टायो ।

यसअघि पहिलो सेमिफाइनलमा नेपालले आयोजक मलेसियालाई ९ विकेटले हराउँदै फाइनलमा पुगेको थियो । अब नेपालले आफ्नै समूहबाट उप–विजेताका रूपमा सेमिफाइनलमा पुगेको सिंगापुरसँग फाइनल खेल्नेछ । यसअघि समूह चरणमा नेपालले सिंगापुरलाई ६ विकेटले हराएको थियो । फाइनल म्याच पर्सी हुनेछ ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img