spot_img

डाेल्पामा झोले विद्यालयको नाममा भ्रष्टाचार गरेकाे भन्दै अख्तियारद्वारा ४ विरूद्द मुद्दा दर्ता (पुरा विवरण सहित)

spot_img

डोल्पामा ‘झोले विद्यालय’को नाममा योजना पारेर रकम हिनामिना गरेको आरोपमा कार्यालय प्रमुख र लेखापालसहित चारजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला प्राविधिक कार्यालय डोल्पाका तत्कालीन कार्यालय प्रमुख ईन्जिनियर रविचन्द्र पजियार, लेखापाल मनिराम कुर्मी, फर्जी निर्माण उपभोक्ता समितिका अध्यक्ष नन्दसिंह बुढा र कोषाध्यक्ष संगिता बुढाविरुद्ध बिहीबार विशेष अदालतमा मुद्दा दायर गरेको हो।

उनीहरुले आ.व. २०६७र०६८ मा साविकको दुनै गाविस वडा नं २ र ३,९हाल ठूलीभेरी नगरपालिका–४ तिप्लामा काल्पनिक विद्यालय दुर्गा प्राथमिक विद्यालय खडा गरी २ कोठे भवन निर्माणको नाममा सात लाख ६० हजार रुपैयाँ विनियोजन गराएका थिए।

फर्जी उपभोक्ता समिति गठन गरी जिल्ला प्राविधिक कार्यालयका प्रमुख पजियारको सिफारिसमा विद्यालय भवन निर्माणको नक्कली कागजात तयार गरी विनियोजन गराएको सबै रकम मिलेमतोमा भ्रष्टाचार गरेको अख्तियारको दाबी छ। उनीहरु चारैजनाविरुद्ध जनही ७ लाख ६० हजार रुपैयाँ बिगो मागदाबी गरिएको छ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img