मलेसियामा जारी यू–१६ इस्ट जोन कपमा नेपालले उपाधिका लागि आज सिंगापुरसँग खेल्दै छ । प्रतियोगितामा हालसम्म अपराजित रहेको नेपाल र सिंगापुरबीचको फाइनल खेल विहान पौने ८ बजेदेखि सुरु हुनेछ ।
बिहीबार भएको दोस्रो सेमिफाइनलमा सिंगापुरले हङकङलाई हराएर फाइनलमा स्थान बनाएको थियो। यसअघि पहिलो सेमिफाइनलमा नेपालले आयोजक मलेसियालाई ९ विकेटले हराउँदै फाइनलमा पुगेको थियो । आज नेपालले आफ्नै समूहबाट उप–विजेताका रूपमा सेमिफाइनलमा पुगेको सिंगापुरसँग फाइनल खेल्नेछ ।
यसअघि समूह चरणमा नेपालले सिंगापुरलाई ६ विकेटले हराएको थियो ।प्रतियोगिताको साविक विजेता समेत रहेको नेपालले अपराजित रहेर उपाधि रक्षा गर्ने लक्ष्यमा छ ।