spot_img

अपराजित रहँदै नेपालले जित्यो एसिसी मेन्स यू–१६ इस्ट जोन कपःलगातार च्याम्पिएन

spot_img

नेपालले सिंगापुरलाई पराजित गरी ‍एसिसी मेन्स यू–१६ इस्ट जोन कपको उपाधि जितेको छ। मलेसियाको युकेएम वाइएसडी ओभलमा पहिले बलिङ गरेको नेपालले सिंगापुरलाई ४०.५ ओभरमा अल आउट गर्दै ११३ रनमा समेटेको थियो। उक्त लक्ष्यलाई नेपालले २९ ओभरमै भेटाएर उपाधि जितेको हो।

नेपालले ८ विकेटको क्षतिमा ११७ रन बनाएको थियो। नेपालले सिंगापुरलाई दुई विकेटले पराजित गरेको हो।नेपालका लागि जोय थापाले नटआउट २४, शिवान्स बजगाईंले २०, शुभम खनालले १८, प्रशिद्ध जैसीले १७, परिमार्जन यादवले १३ र अभय यादवले १० रन बनाए।

नेपालका लागि अभय यादव र सुशीलबहादुर रावलले तीन÷तीन विकेट लिएका थिए। शुभम खनालले २ र विपिन प्रसाद शर्माले एक विकेट लिए।नेपालको कसिलो बलिङमा सिंगापुरले पावरप्लेमै चार विकेट गुमाएको थियो। सिंगापुरका लागि ओपनर रोहन अस्टिन अरूणले बनाएको २३ रन सर्वाधिक रह्यो। उनले ८४ बल खेलेर २ चौका मात्रै हाने।

कप्तान रियान नाइकले ११ बलमा १५ रन बनाए । आकाश तेजाले १० रन बनाउँदा वेदांश गुप्ता १२ रन बनाएर नट आउट रहे। अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img