spot_img

नेपाली महिला टाेलि सधैं उपाधिमा चुक्छःएसियन कप छनोटबाट नेपाल बाहिरियो,पेनाल्टीमा उज्बेकिस्तानसँग ४–२ ले पराजय

spot_img

एसियन कप २०२६ छनोट अन्तर्गतको निर्णायक खेलमा उज्बेकिस्तानसँग पेनाल्टी सुटआउटमा ४–२ को हारसँगै नेपाली महिला फुटबल टोली प्रतियोगिताबाट बाहिरिएको छ। निर्धारित ९० मिनेटको खेल ३–३ को बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टीमार्फत गरिएको थियो। तर, निर्णायक क्षणमा नेपाली टोली दबाबमा चुक्दा उज्बेकिस्तान विजयी बन्दै अर्को चरणमा पुगेको छ।

खेलमा नेपालका लागि सावित्रा भण्डारीले शानदार प्रदर्शन गर्दै ह्याट्रिक गरिन्। उनले २४, ७१ र ७३ औँ मिनेटमा गोल गर्दै नेपाललाई बराबरीमा ल्याएकी थिइन्। खेलको सुरुवातमै उज्बेकिस्तानले आक्रामक खेल देखाउँदै दोस्रो मिनेटमा खबिबुलाएभा डियोराखोनमार्फत पहिलो गोल ग¥यो। त्यसपछि समीक्षा घिमिरेको आत्मघाती गोल (११ औँ मिनेट) र माफटुना सोयीमोभाको पेनाल्टी गोल (३९ औँ मिनेट) मार्फत उज्बेक टोलीले ३–१ को अग्रता बनाएको थियो।

पहिलो हाफको इन्जुरी समयमा उज्बेकी खेलाडी एर्गासेभा नोजिमाखोनले सावित्रा भण्डारीमाथि गम्भीर फउल गरेपछि रातो कार्ड पाउँदै मैदानबाट बाहिरिइन्, जसले उज्बेक टोलीलाई १० खेलाडीमा सीमित ग¥यो।

दोस्रो हाफमा नेपालले उत्कृष्ट पुनरागमन गर्दै खेललाई बराबरीमा ल्याएको थियो। तर, पेनाल्टी सुटआउटमा कप्तान सावित्रा भण्डारी र गोलरक्षक अञ्जना राना मगरले पेनाल्टी मिस गर्दा नेपालको सपना अधुरो रह्यो।

नेपालका लागि पेनाल्टीमा गीता राना र सबिता रानामगरले मात्र गोल गर्न सकिन्। हारसँगै नेपाली टोलीको एसियन कप २०२६ यात्रा टुङ्गिएको छ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img