मेयर हर्क साम्पाङको श्रमदान अभियानमा सक्रिय सहभागिता जनाउँदै आएका धारन –४ का वडाध्यक्ष धनबहादुर राईलाई उनको दल एमालेले कार्वाही सिफारिस गरेपछि मेयरको टिमले चाहिँ शनिबार सम्मान गरेको छ। धरान १७ को पटनालीमा भैरहेको श्रमदानमा शनिबार वडाध्य्क्ष राईलाई मेयरसहितको टिमले सम्मान गरेको हो।
२०७९ को स्थानीय चुनावमा एमालेबाट चुनाव जितेका राईलाई एमालेले भने कार्वाही सिफारिस गर्दै पदबाट हटाउन जिल्लामा सिफारिस गरेको छ।पार्टीकाे निर्णय र सल्लाह नै नगरी हर्ककाे श्रमदानमा जाेडिएकाे, पार्टी सम्पर्कमा नआएको“ भन्दै वडा कमिटीबाट कारबाहीको लागि आएको सिफारिशलाई उपमहानगर कमिटीले पनि सदर गर्दै जिल्लामा सिफारिश गरेको एमाले धरानले जनाएको छ।
एमाले धरानका अध्यक्ष हर्कजङ्ग एभेङका अनुसार वडाअध्यक्ष राईले एमाले पार्टीको वडा कमिटिसँग सम्पर्कमा नआउने,पार्टीकाे नीति विपरित हर्ककाे श्रमदान अभियानलाइ साथ दिएकाे भन्दै कारबाही सिफारिश भएको हो ।