spot_img

बाढीको पूर्वसूचना हुँदाहुँदै रसुवामा अकल्पनीय क्षति:बाढीले ६ चिनियाँ नागरिक, ३ नेपाल प्रहरीसहित कम्तीमा १८ जना बेपत्ता भएका छन्

spot_img

बाढीको पूर्वसूचना हुँदाहुँदै रसुवामा अकल्पनीय क्षति भएको छ । बाढीले ६ चिनियाँ नागरिक,३ नेपाल प्रहरीसहित कम्तीमा १८ जना बेपत्ता भएका छन्।

रसुवाको गोसाइँकुण्ड गाउँपालिका-५,मा मंगलबार बिहानपख भीषण बाढी आएको हो। रसुवाको बाढीले त्रास मात्र बढाएन, ६ चिनियाँ नागरिक, ३ नेपाल प्रहरीसहित कम्तीमा १८ जना बेपत्ता भए । बेपत्ता हुने नेपालीहरूमा अधिकांश श्रमिक छन् । यो समाचार तयार पार्दासम्म मृतकको संख्या खुलेको छैन ।

मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद् प्रतिभा मानन्धरका अनुसार रसुवा क्षेत्रमा भारी वर्षा हुने मौसमी प्रणाली थिएन । तर मंगलबार बिहान चीनको तिब्बत क्षेत्रबाट बग्ने भोटेकोशी नदीमा लेदोसहितको बाढी आएको थियो । बाढी बस्तीमा नपसे पनि पुल, सडक, जलविद्युत आयोजना र सुख्खा बन्दरगाहमा क्षति पुगेको छ ।

मितेरी पुल बगाएकाले नेपाल-चीनको सडक सम्पर्कविच्छेद भएको रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी द्रुवप्रसाद अधिकारीले जानकारी दिए । उनका अनुसार रसुवा भन्सार कार्यालयको सेडघरमा रहेका मालबाहक कन्टेनर र विद्युतीय गाडीहरूसमेत बगाएको छ । स्याफ्रुबेसी-सुवागढी सडकखण्डमा पनि क्षति पुगेर आवागमन अवरुद्ध भएको छ ।

नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली खोज, उद्धार तथा राहत वितरणमा सक्रिय छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वनिर्धारित कार्यक्रमहरू स्थगित गरेका छन् । उनी चिनियाँ दूतावासका कर्मचारी, सुरक्षा निकायका प्रमुख, केही मन्त्रीसहित रसुवाको बाढी प्रभावित क्षेत्रमा गएका छन् ।

चीनले दिएको थियो बाढीको सूचना

जिल्ला प्रशासन कार्यालय रसुवाले १० असारमा सूचना जारी गर्दै बाढीको जोखिम भएकाले तटीय क्षेत्रमा पूर्वतयारी अपनाउन भनेको थियो । सो सूचनामा चीनले बाढीको जोखिम रहेकाले आवश्यक पूर्वतयारी र सावधानी अपनाउन भनेको बेहोरा उल्लेख छ ।

मनसुन सक्रिय भएको र चीनले समेत सावधानी अपनाउन भनेकाले भोटेकोशी नदी, त्रिशूली नदी, लाङटाङ खोला, चिलिमे खोला र अन्य नदीरखोला आसपासका क्षेत्रमा बाढी-पहिरोजन्य विपद्को जोखिम रहेकाले सतर्कता अपनाउन अनुरोध गर्दै सहायक प्रमुख जिल्ला अधिकारी द्रुवप्रसाद अधिकारीले सूचना जारी गरेका थिए ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img