spot_img

काठमाडौं महानगरपालिकाको कार्यपालिका बैठकःमेयर बालेनले एक मिनेट पनि नबोली सकिएको घोषणा गरे

spot_img

छ महिनापछि बसेको काठमाडौं महानगरपालिकाको कार्यपालिका बैठक मेयर बालेन शाहले एक मिनेटमै सकिएको घोषणा गरेका छन्। शुक्रबार काठमाडौं प्लाजास्थित सभा हलमा बसेको ४० औं नगर कार्यपालिका बैठकमा उनले एउटा मात्रै एजेन्डा राखेका थिए। उक्त एजेण्डा नगरसभा बोलाउनेबारे थियो।

बालेनले आइतबार दिउँसो २ बजेका लागि नगरसभा बोलाएका छन्। यस्तै ९ बजे कार्यपालिका बैठक बोलाएका छन्। त्यसपछि उनले बैठक सकिएको घोषणा गरे।

यी सबै कुरा उनले एक मिनेटमै सकाएका थिए। कार्यपालिका बैठकको भिडिओ जम्मा एक मिनेट २७ सेकेण्डको छ। जसरमा केही समय बैठक सुरू भएको छैन। भिडिओ सुरू भएको १७ औं मिनेटमा बालेनले कार्यपालिका सुरू गरेका थिए भने एक मिनेट ४ सेकेण्डमा बैठक सकिएको घोषणा गरेका थिए।

बैठक सुरू हुँदा सामान्यतय बैठकको सदस्य सचिवलाई सम्बोधन गरिन्छ। तर बालेनले यसपटक सदस्य सचिव गुरागाईंलाई सम्बोधन समेत गरेनन्। यसअघिको बैठकमा मेयर बालेनले सदस्य सचिव रहेका कार्यकारीलाई सम्बोधन गर्ने गरेका थिए।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img