spot_img

ऐतिहासिक,धार्मिक तथा सांस्कृतिक संपदा फल्चा निर्माणमा अग्रसर बन्दै ललितपुरकाे महालक्ष्मी नगरपालिकाः१५ वटाकाे निर्माण सम्पन्न,अन्यकाे निर्माण जारी

spot_img

“धार्मिक तथा सांस्कृतिक संपदा संरक्षणमा नगरपालिका गम्भीर भएर लागेकाे नगर प्रमुख हरीगाेविन्द श्रेष्ठकाे भनाइ “

ललितपुरकाे महालक्ष्मी नगरपालिका वडा नम्वर -७ मा ऐतिहासिक,धार्मिक तथा सांस्कृतिक संपदा शेरा फल्चा निर्माण सम्पन्न भएकाे छ। शनिबार वडाकाे शेरा भन्ने ठाउँमा नगरपालिकाकाे बजेटबाट निर्मित शेरा फल्चा उद्घाटन गरिएकाे थियाे। वडा अध्यक्ष बाबुराजा महर्जनले स्वस्फुर्त रूपमा दान गरेकाे २ पैसा २ दाम जग्गामा करिव १९ लाखकाे बजेटमा फल्चा निर्माण गरिएकाे हाे।

उद्घाटन कार्यक्रम नगर प्रमुख हरिगोविन्द श्रेष्ठ,नगर उप प्रमुख लक्ष्मी महर्जनज्यू, वडा नं. ५ का वडा अध्यक्ष कपिल के.सी ७ का वडा अध्यक्ष बाबुराजा महर्जन,वडा सदस्य लगाएतका जनप्रतिनिधि, समाजसेवी र स्थानीयहरूकाे उपस्थिति रहेकाे थियाे।

फल्चाकाे उद्घाटन गर्दै नगर प्रमुख हरिगाेविन्द श्रेष्ठले धार्मिक तथा सांस्कृतिक संपदा संरक्षणमा नगरपालिकाले कुनै कसर बाँकी नराखेकाे बताउँनु भयाे। नगरपालिका भित्रका फल्चा निर्माण धमाधम भइरहेकाे,धारा र कुवा लगायत मन्दीर निर्माणमा नगरपालिकाले बजेट नै छुट्टाएर निर्माण अभियानमा लागेकाे बताउँनु भयाे।

यस्तै नगर उप प्रमुख लक्ष्मी महर्जनले फल्चा निर्माणलाइ नगरपालिकाले उच्च प्राथमिकता राखेकाे बताउँदै हालसम्म १५ वटा फल्चा निर्माण सम्पन्न भएकाे र अन्यकाे निर्माणकार्य जारी रहेकाे जानकारी दिनुभयाे। निकट भविष्यमा पनि धार्मिक र सांस्कृतिक संपदा निर्माणमा लाग्ने बताउँनु भयाे।

वडा अध्यक्ष बाबुराजा महर्जनले करिव १९ लाखकाे फल्चा निर्माणका लागि जग्गा दान गर्न पाउँदा गर्भकाे महशुस भएकाे बताउँदै नगरपालिकाले बजेट व्यवस्थापन गरिदिएकाेमा धन्यवाद दिनुभयाे। वडा भित्रका फल्चा,मन्दीर,पार्क लगाएतका संपदा र अन्य विकासमा जनप्रतिनिधि दिनरात लागेकाे दावी गर्नुभयाे। विकासमा जनताकाे साथ यसैगरी निरन्तर चाहेकाे वडा अध्यक्ष महर्जनकाे भनाइ छ।

पछि शताब्दीअाैं पुरानाे शेरा फल्चा निर्माणपछि स्थानीयवासी बाजागाजा र नाचगान गरेर खुशियाली मनाएका छन्। शेरा फल्चा उद्घाटनसँगै गणेश र राधाकृष्णकाे मुर्ती फल्चामा थापना गरियाे।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img