जगाउँछ जीवन उर्जा,भगाउँछ रोग,हाँस्दै नाच्दै रमाउँदै,गरौ ध्यान-योग भन्ने मुल नाराका साथ शुरू भयाेकाे शाक्यमुनी बुद्ध जीवन योग प्रयोगशालाकाे प्रथम वार्षिकोत्सव ललितपुरकाे सिद्धिपुरमा भव्य सम्पन्न भएकाे छ। शनिबार सिद्धिपुरमा रहेकाेबुद्ध पार्टी प्यालेसमा वार्षीक उत्सव सम्पन्न भएकाे हाे।
महालक्ष्मी नगरपालिका वडा नम्बर ६ सिद्धिपुरकाे आयोजनामा विगत १ वर्ष देखि निरन्तर याेग र ध्यानकाे कार्यक्रम भइहेकाे छ। कार्यक्रमकाे सह-आयोजकस् बुद्ध पार्टी प्यालेस सिद्धिपुर रहेकाे छ भने सहकार्य जीवन विज्ञान ललितपुर जिल्ला परिषदले गरेकाे छ।
कार्यक्रममा संयोजक वडा सदस्य एवं शाक्यमुनी बुद्ध जीवन योग प्रयोगशाला को संयोजक सुसान महर्जन,प्रमुख अतिथि वडा अध्यक्ष धर्म महर्जन,वडा सदस्यहरू सुरेन्द्र महर्जन,शोभा महर्जन,लक्ष्मी तिखत्री र जीवन विज्ञानका प्रशिक्षक एवं केन्द्रीय संयोजक एक नारायण काफ्ले र बुद्ध पार्टी प्यालेसका संचालक बुद्ध महर्जनकाे उपस्थिति रहेकाे थियाे।
कार्यक्रमका संयाेजक सुसान महर्जनले विगत १ वर्ष देखि याेग तथा ध्यानकाे कार्यक्रम भएकाे र यसलाइ निरन्तरता दिने जानकारी दिनुभयाे। यसमा वडा कार्यालयले पनि भरपुर सहयाेग गरेकाे भन्दै उहाँले धन्यवाद दिनुभयाे।


















