spot_img

एमाले नेता तथा सामान्य प्रशासनमन्त्री गुप्ताकाे घुस डिल काण्डःराजिनामा नदिए हटाउने तयारी,अर्का मन्त्री बच्ने दाउमा

spot_img

घुसको डिल गरेको दाबीसहित अडियो सार्वजनिक भएपछि संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्तालाई हटाउने तयारी भएको छ । उच्च स्रोतका अनुसार प्रधानमन्त्री केपी शर्मा ओली काठमाडौं फर्किएर यसबारे निर्णय लिनेछन् । ‘प्रधानमन्त्री पूर्वतिर हुँदा यता यस्तो भयो, उहाँ फर्किएपछि यसबारे निर्णय लिने तयारी छ,’ स्रोतले भन्यो ।

स्रोतका अनुसार मन्त्री गुप्तालाई राजीनामा गराउने अथवा उनलाई बर्खास्तको निर्णय हुनेछ । ‘राजीनामा गर्न नै भनिन्छ । त्यो नै उत्तम विकल्प हो’ स्रोत भन्छ, ‘नभए बर्खास्तकै निर्णय गर्नुपर्ने हुन्छ ।’

सार्वजनिक भएको अडियोमा अर्का मन्त्री बलराम अधिकारीलाई पनि घुस लिएको आरोप मन्त्री गुप्ताले लगाएका छन् । तर भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री अधिकारीलाई भने यही आरोपकै आधारमा तत्काल कुनै निर्णय नलिने सम्भावना छ ।

‘पहिलो कुरा त मन्त्री गुप्ताकै कुरा पनि पुष्टि हुन बाँकी छ । अब उनले भन्यो भन्दैमा तत्काल अर्को मन्त्रीलाई एक्सन लिने हुँदैन,’ स्रोत भन्छ । सार्वजनिक भएको अडियो अनुसार भूमि आयोग कास्कीको जिल्ला अध्यक्ष नियुक्तिमा बिचौलिया र मन्त्री गुप्ता बीच सम्वाद भएको छ । जहाँ भूमि आयोग अध्यक्ष नियुक्तिमा घुस डिल भएको सुनिन्छ ।

यद्यपि अडियोमा नाम लिइएको व्यक्ति आयोगको जिल्ला अध्यक्ष नियुक्त भएनन् । विचौलियाले प्रस्ताव गरेको नाम एमाले जिल्ला र प्रदेश कमिटीका नेताहरुका कारण सफल हुन नसकेको बुझिन्छ ।

अडियोलाई आधार मान्दा भूमि आयोगको जिल्ला अध्यक्ष जस्तो राजनीतिक नियुक्तिमा मात्र नभएर मालपोत कार्यालय कास्कीका प्रमुख सरुवामा पनि डिल भएको छ । पालपोत कार्यालय प्रमुख सरुवामा ५३ लाख घुसको डिल भएको छ ।

संघीय सरकारका दुईजना मन्त्री प्रश्नको घेरामा परेका छन् । ‘घुस लिन डिल गरेको’ भनेर संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताको स्वरसँग मिल्दो अडियो सार्वजनिक भएको छ । तर, उनी केही बोलिरहेका छैनन् ।

गुप्तासँगै आरोपित भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारी पनि सार्वजनिक प्रश्नउपर मौन छन् । मन्त्रीद्वय गुप्ता र अधिकारीको मौनतालाई उनीहरूको नैतिकता र सरकारको सुशासनप्रतिको प्रतिवद्धतासँग जोडेर आइतबार प्रतिनिधिसभामा प्रश्न उठेको छ ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img