नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–माधव पक्षका अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल बिहीबार बुटवल आउने भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेको विरोधमा आयोजना गर्न लागिएको लुम्बिनी प्रदेश स्तरीय विरोध कार्यक्रमलाई सम्बोधन गर्न उनीहरु बुटवल आउने भएका हुन् ।प्रचण्ड–नेपालले सम्बोधन गर्नु पूर्व बुटवलका तीन ठाउँबाट र्याली निकाल्ने तयारी छ । ११ः४५ बजे बुटवलको गोलपार्क, जितगढी र राजमार्ग चौराहाबाट विरोध र्याली गरिने प्रदेश संघर्ष समितिका संयोजक ठाकुर गैरेले जानकारी दिए ।
गोेलपार्कबाट सुरु हुने र्यालीको नेतृत्व ठाकुर गैरे, बामदेव क्षेत्री, बसन्त घर्ती र पुरुषोत्तम घिमिरेले गर्ने छन् । यस्तै बुटवलको राजमार्ग चौराहाबाट सुरु हुने र्यालीको नेतृत्व धनश्याम भुषाल, धनश्याम यादब र नारायण जिसीले तथा जीतगढीको बलदेव खनाल, ओनसरी घर्ती र राजु गुरुङले गर्ने छन् । बुटवलमा लुम्बिनी प्रदेशका विभिन्न जिल्लाबाट कार्याकर्ता ल्याउन सवारीसाधनको व्यवस्था गरिएको प्रदेश अध्यक्ष ओनसरी घर्तीले बताइन् ।