काठमाडौं, १५ माघ । नेकपा प्रचण्ड–माधव समूहले प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक कदमको विरुद्धमा माइतीघर मण्डलामा आज दोस्रो पनि धर्ना दिएको छ ।उक्त समूहका सांसद, प्रदेशसभा सदस्यलगायतको उपस्थितिमा बिहीबार माइतीघर मण्डलामा धर्ना दिएको आज दोस्रो दिन हो । धर्ना कार्यक्रम माघ २१ गतेसम्म चल्ने नेकपाले यस अघि नै बताइसकेको छ ।विभिन्न चरणमा आन्दोलन गर्दे आएको प्रचण्ड–माधव समूहले बुधबारदेखि माइतीघर मण्डलामा प्रत्येक दिन दुई घण्टा धर्ना दिँदै आएको छ । धर्नामा सहभागीहरुले ‘लोकतान्त्रिक शक्तिहरु एक हौं’, ‘संसद विघटन गर्न पाइँदैन निरंकुशतन्त्र चाहिँदैन’ लगायतका प्लेकार्ड समेत बोकेका थिए ।