spot_img

ललितपुरकाे महालक्ष्मीमा असारे याेजनाका भुक्तानीमा गाेलमालः३४ याेजनाकाे २ कराेड ७९ लाख बजेट भुक्तानी नहुँदा मारमा उपभाेक्ता समिति,जनप्रतिनिधि र कर्मचारी छैनन् गम्भिर”

spot_img

रूपक यात्री,ललितपुर

ललितपुरकाे महालक्ष्मी नगरपालिकामा असारमा भुक्तानीमा ३४ याेजनाका २ कराेड ७९ लाख भन्दा बढी बजेट भुक्तानी नहुँदा उभाेक्ता समितिहरू मारमा परेका छन्। मुख्यगरी नगरपालिकाकाे वडा नम्वर ९,६ र ५ का धेरै याेजनाहरूकाे भुक्तानी नभएकाे हाे। इमान्दार खवरलाइ प्राप्त डाटा अनुसार वडा नम्वर ९ भित्र पर्ने १३ वटा याेजना तथा कार्यक्रमकाे भुक्तानी भएकाे छैन। यस्तै वडा नम्वर ६ सिद्दिपुरका ७ वटा र वडा नम्वर ५ का ५ वटा याेजना तथा कार्यक्रमकाे भुक्तानी भएन। अन्य सबै गरी ३४ वटा याेजनाकाे २ कराेड ७९ लाख २९ हजार रकम भुक्तानी नभएकाे इमान्दार खवरलाइ प्राप्त पत्रमा उल्लेख छ। यतिमात्र हाेइन अधिकांस याेजनामा बजेट भुक्तानी नै कम गएकाे छ जसकाे मारमा उपभाेक्ता परेका छन्।

कति याेजनाकाे असारकाे भुक्तानी नभएकाे र भुक्तानी घटेकाे भन्दै उपभाेक्ता समितिले दिनहुँ वडा कार्यालय घेराउ गरिरहेकाे वडा नम्वर ९ का वडा अध्यक्ष जयकृष्ण बाेगटीले जानकारी दिए। भुक्तानी नहुँदा र बजेट भन्दा कम भुक्तानी हुँदा जनतामा आक्राेस र निरासा देखिन्छ। भुक्तानी हुने वडाबाट हाेइन नगरपालिकाबाट हाे तर जनताहरू वडा कार्यालयमा धाउनाले हैरान छ। नगरपालिकामा वडाबाट सबै याेजनाहरूकाे समयमै फाइल पठाएकाे हाे । २४ गते फाइल गएकाे याेजनाकाे भुक्तानी भएकाे छ तर २२ गते गएकाे फाइलकाे भुक्तानी भएकाे छैन। भुक्तानी नहुने सबै भन्दा बढी हाम्रै वडाका याेजना छन् याे निकै दुखद छ,नगरपालिकाले के गरेकाे हाे ? उतै बुज्नुहाेला अध्यक्ष बाेगटीकाे भनाइ छ।

यस्तै समस्यामा वडा नम्वर ६ पनि गुज्रेकाे छ। वडा अध्यक्ष धर्म महर्जनका अनुसार याेजनाकाे अनुगमन गर्नेहरू समयमा नआउने तर फाइल ढीला भयाे भनेर भन्ने अधिकांस ठुला याेजनाकाे भुक्तानी भएकाे छैन। वडा कार्यालय धाउनेलाइ सम्झाउदै हैरान छ। समयमै गएका फाइलकाे पनि भुक्तानी नहुनु र काम भएका याेजनामा पनि भुक्तानी बजेट भन्दा कम हुनु निकै संकास्पद भएकाे वडा अध्यक्ष महर्जनकाे भनाइ छ।

१ जना उपभाेक्ता समितिका अध्यक्षले नाम नखाेल्ने सर्तमा भने रिण खाेजेर विकासकाे काम गरेकाे अव असारमा पैसा भुक्तानी भएन कामदारले मागेर हैरान छ,सामानकाे पनि पैसा मागिराका छन्,ब्याजबाट खाेजेकाे पैसा कसरी तिर्ने साह्रै समस्या भयाे। अव पैसा भुक्तानी हुन्छ हुँदैन नभए त उठिवास लाग्ने अवस्था छ। समाजकाे काम विकासकाे लागि समितिमा बसेकाे तर यस्ताे राजनीति हुँदाे रैछ,कुन पार्टीकाे हाे ? के हाे साेध्छन् अनुगमन गर्नेले निकै गाह्राे भएकाे उनकाे भनाइ छ।

उता नगरपालिकाका नगर प्रमुख हरि गाेविन्द श्रेष्ठले भने १५ गतेसम्म सबै याेजनाकाे काम सकेर फाइल बुझाउनु पर्ने नगरसभाबाटै निर्णय गरेकाे,सुचना पनि प्रकाशन गरेकाे बताए। काम ढीला गर्ने समयमा फाइल नल्याउने,विल पनि नमिलाउने अनि कसरी भुक्तानी हुन्छ? कामहरू ताकेता गर्दा पनि समयमै कामहरू गर्न नसक्दा भुक्तानी गर्न नसकेकाे मेयर श्रेष्ठकाे भनाइ छ। के कति कारणले भुक्तानी भएन उपभाेक्ता समिति नगरपालिका आएर हेर्न पनि सकिने उहाँकाे दावी छ।

यस्तै नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदिप पाैडेलले भुक्तानी हुने अन्तिम दिनमा राति १२ बजेसम्म बसेर भुक्तानीकाे काम भएकाे हाे। बजेट संघ,प्रदेश र नगरपालिकाकाे छुट्टा छुट्टै याेजनाहरू हुन्छन्। प्राविधिक कारणले भुक्तानी नभएकाे हुनसक्ने तर केहि त्यस्ता याेजनाहरूकाे भुक्तानी बाँकी छ नयाँ खाता सञ्चालन भएपछि साउनतिर भुक्तानी हुने अधिकृत पाैडेलकाे दावी छ।

नगरपालिकाका इन्जिनियर कपिल देव भट्टले बजेट र मुल्याङ्कन फरक पर्दा याेजनाहरूकाे भुक्तानी कम भएकाे बताए। बजेट घट्नुमा कामकाे मुल्याङ्कन,विल र डाेर हाजिरका आधारमा कम भएकाे इन्जिनियर भट्टकाे दावी छ। उपभाेक्ता समितिले कमिसन लगाएतका गम्भिर आराेप लगाएकाे भन्ने इमान्दार खवरकाे प्रश्नमा उहाँले त्यस्ताे कुनै विषय नभएकाे दावी गरे।

उनले यस्ताे दावी गरिरहँदा वडाका प्राविधिक गरेकाे मुल्याङ्कन र नगरपालिकाकाे मुल्इाङ्कन नै फरक परेकाे देखिन्छ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img