spot_img

महालक्ष्मी नगरपालिकाकाे भुक्तानीमा गोलमाल प्रकरणःनगर उप प्रमुख लक्ष्मी महर्जनकाे प्रस्टिकरण “एकले अर्कालाइ दाेष दिएर पन्छिन खाेज्ने हाेइन,सबैबाट कमजाेरी भएकाे छ सुधार गर्छाै”

spot_img

रूपक यात्री,ललितपुर
ललितपुरको महालक्ष्मी नगरपालिकामा यतिखेर असारमा भुक्तानीमा ३४ योजनाका २ करोड ७९ लाख भन्दा बढी बजेट भुक्तानी नहुँदा उभोक्ता समितिहरू मारमा परेकाे विषय निकै चर्चा छ। नगरपालिका भित्रका चिया पसल देखि फल्चासम्म भुक्तानी नभएकाे त कसैकाे कम भुक्तानी भएकाे विषय चर्चामा छ। चर्चा हुनुकाे मुख्य कारण हाे नगरपालिका भित्रका वडा नम्वर ९ भित्र पर्ने १३ वटा योजना,६ सिद्दिपुरका ७ वटा र वडा नम्वर ५ का ५ वटा लगाएत अन्य केहि वडाहरूकाे योजनाहरूकाे असार मसान्तसम्म भुक्तानी भएन। यतिमात्र होइन अधिकांस योजनामा बजेट भुक्तानी नै कम भएको छ जसको मारमा उपभोक्ता परेका छन्। उपभाेक्ता र जनगुनासाेलाइ मध्य नजर गर्दै इमान्दार खवरले बुधवार समाचार प्रकाशन गरेकाे थियाे जसका कारण याे विषय झन् चर्चा बढेकाे छ।

यसैविच धेरै चर्चा र प्रश्नहरू उठेपछि नगरपालिकाकी उप-प्रमुख लक्ष्मी महर्जनले यस विषयमा प्रष्टिकरण दिनुभएकाे छ। नगरपालिकाकाे तर्फबाट उप-प्रमुख लक्ष्मी महर्जनले मुख्यगरी बजेट निर्माण देखि याेजना छनाेट र वडाहरूले याेजनाहरू ढिलाे सम्झाैता गर्दा केहि समस्या भएकाे बताउँनु भयाे। उहाँले थप्नुभयाे “एकले अर्कालाइ दाेष दिएर पन्छिन खाेज्ने हाेइन,सबैबाट कतै न कतै कमजाेरी भएकाे छ सुधार गर्छाै”।

उप-प्रमुख महर्जनले दिएकाे जानकारी अनुसार अा.व २०८१/०८२ टाेटल उपभाेक्ता समितिबाट निर्माण गर्ने गरी ४ सय १६ वटा याेजना समावेश थिए। जसमा ३ सय ९७ याेजनाहरू सम्झाैता भएकाे र त्यसमा पनि ५ वटा याेजना मुल्याङ्कन गर्न बाँकी रहेकाे छ। अन्य ३ सय ९२ याेजनाहरूकाे भुक्तानीका लागि अनुगमन सहित भुक्तानीका लागि पठाएकाे उहाँकाे दावी छ। उपभाेक्ताबाट संचालित २३ वटा याेजना भुक्तानी हुन बाँकी रहेकाे उहाँकाे भनाइ छ। वडागत हिसावमा क्रमश १ मा ३४,२ मा १६,३ मा २३,४ मा २६,५ मा ६४,६ मा ४२,७ मा ३७,८ मा ६१,९ मा ७६ र १० मा १८ वटा याेजनाहरू संचालमा थिए।

“उपभाेक्ता समिति,जनता र जनप्रतिनिधिहरूले उठाएका विषयहरूमा इमान्दार खवरका संपादक रूपक यात्रीले साेध्नुभएकाे प्रश्न  र उप -प्रमुख लक्ष्मी महर्जनले दिनुभएकाे जवाफकाे केहि अंस जस्ताकाे तस्तै”

यति धेरै याेजनाहरूकाे भुक्तानी किन हुन सकेन ? भुक्तानी भएका याेजनाहरूकाे पनि किन नगरपालिकाले बजेट यति धेरै घटाएर हालेकाे ?

नगरपालिकाले सुचना नै निकालेर असारकाे १५ गतेसम्म फाइल बुझाउनु भनीएकाे थियाे तर वडाहरूबाट २५ गते राति ८ बजेसम्म वडाहरूबाट फाइलहरू अाए। ति फाइल पनि सिग्नेचर गरेर पठाएकाे हाे । अन्तिम समयमा हतारमा सिस्टम नचलेर कुनै छुट्न गएकाे हुनसक्छ। बजेट कार्यन्वयनमा नगरपालिका देखि वडा सम्मले सम्झाैता गर्न ढिला भएकाे हाे।अन्तिम समयसम्म राति १२ बजेसम्म बसेर सबै फाइल भुक्तानीका लागि पठाएकाे हाे। तर कतिकाे खाता नम्वर नमिलेर,कतिकाे विल भरपाइ लगाएतका कागजात नमिलेकाे लगाएका समस्या कारण भुक्तानी नभएकाे हाे। कसकाे के कारणले भुक्तानी भएन भन्ने नगरपालिकामा बुज्न सकिन्छ। सरकारी सफ्टवेयर पनि कहिले चल्दैन अव दाेष कसलाइ दिने अरूलाइ दाेष दिन सजिलाे छ,कति उपभाेक्ता र वडा अध्यक्षहरूलाइ चाँडाे निर्माण कार्य गर्नु भनेर फाेन पनि गरेर सम्झाउँदा पनि ढिला भएकाे उहाँकाे दावी छ।भुक्तानी भएका याेजनाहरूकाे पनि किन नगरपालिकाले बजेट घटाएकाे विषयमा प्राविधिककाे विषय हाे ? काम कम भएकाेले घटाएकाे हुनपर्छ भन्ने मलाइ लाग्छ।

वडा अध्यक्ष देखि जनताहरूले सामाजिक संजाल देखि खुल्लम खुल्ला नियतवश नगरपालिकाकाे भुक्तानी नगरेकाे भन्दै असन्ताेष पाेखि रहेका छन् यस विषयमा के भन्नु हुन्छ ? 

यसमा मुख्य त सबैबाट भएकाे कमजाेरीकाे जिम्मेवारी लिन पर्ने हाे। वडाबाट पनि सम्झाैता र फाइलहरू ढिला अाएका छन्। अव हामीले कसलाइ दाेष दिने कसलाइ भन्ने ? जनप्रतिनिधि देखि कर्मचारीका केहि कमिकमजाेरी भएका छन्। गल्ति सुधार गर्दै जाने हाे नगरपालिकालाइ दाेष दिएर पन्छिन खाेज्ने प्रवृति ठिक हाेइन भन्छु म। कति समय सरकारी सफ्टवयर चलेन अव कसलाइ दाेष दिने ? गत वर्ष पनि केहि याेजनाहरू यस्ताे भएकाे छ तर अहिले किन यत्राे हल्ला मच्चाइएकाे छ मलाइ बुज्नै सकेकाे छैन। अागामी वर्षमा यस्ता गल्ति नहुन् भनेर सजक र सचेत सबै हुन जरूरी रहेकाे छ। वडाबाट पनि फाइल अाउन ढिला भएकाे कुरा उहाँहरूले बुज्नुपर्छ नि ।

भुक्तानी हुन नसकेका याेजनाहरूकाे भुक्तानी कहिले हुन्छ कि हुँदैन ?

भुक्तानी हुन नसकेका याेजनाहरूकाे भुक्तानी अव चाँडै सरकारी सफ्टवयर सुत्र चल्ने वित्तिकै भै हाल्छ। बजारमा कसैले फ्रिज गएकाे अव भुक्तानी नहुने भन्दै फैलाएकाे अनावश्यक हल्ला भयाे। फ्रिज भएकाे हाेइन अव चाँडै भुक्तानी हुन्छ उपभाेक्ताहरूलाइ ढुक्क हुनुस् भन्न चाहन्छु।

तपाइले याेजनाहरूकाे अनुगमनमा जनतालाइ राजनीतिक प्रतिशाेधपूर्ण व्यवहार गरेकाे,फरक पार्टी भनेर पेल्ने र धम्काउने देखि कमिसनकाे समेत प्रश्न उठेकाे छ नी ?

चुनावमा उठ्दा पार्टीबाट उठेपनि जितेपछि अहिलेसम्म मैले कसैलाइ पार्टीकाे भनेर भेदभाव गरेकाे छैन र कार्यकालसम्म गर्ने छैन। त्यस्ताे हल्ला निराधार हाे,याेजना अनुगमनमा वडाकाे समन्वयमा गएर गएकाे छु,१० वटामा ३ सय हाराहारी याेजना छन् अव कहिले भ्याइन्छ भ्याइन्न,समय मिलाएर सबैतिर गएर अनुगमन गरेकै छु। हरेक वडामा वडा अध्यक्षकाे राेहाेवरमा अनुगमन गर्ने गरेकाे छु। म कति खटिएकाे छु भन्ने मलाइ र जनतालाइ थाहाँ छ। राजनीतिक प्रतिशाेधकाे हल्ला विल्कुल गलत छ। अव याे कमिशनकाे हल्ला मलाइ थाहाँ भएन कसैले प्रमाण ल्याउँन चुनाैती दिन्छु। यस्ता नाजायज हल्ला पछि नलाग्न म नगर प्रमुख र मेराे तर्फबाट सम्पुर्ण नगरवासीलाइ अनुराेग गर्न चाहन्छु। समयमै काम सक्ने उपभाेक्तालाइ नगरपालिकाकाे तर्फबाट धन्यवाद दिन चाहन्छु।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img