spot_img

ग्ल्यामर रनवे माेडल-२०२५ काे अडिसन जारी

spot_img

काेडा कम्पनीकाे आयाेजनामा पहिलाे ग्ल्यामर रनवे माेडल-२०२५ काे अडिसन काठमाडाैंमा जारी छ। शाे-मा १८ देखि २७ वर्ष उमेर समुहका युवायुवतीले सहभागी हुन सक्नेछन्। दरवारमार्गकाे डबल डेकरमा साउन २ गते देखि शुरू भएकाे अडिसन ५ गतेसम्म चल्ने आयाेजक काेडा कम्पनीका संचालक विशाल पासवानले जानकारी दिए। यसकाे ग्राण्ड फिनाले पनि चाँडै हुने संंचालक पासवानकाे भनाइ छ।

५ वर्षकाे अवधि भित्र याे शाे-ले नेपालकाे माेडलिङ र ग्ल्यामरकाे क्षेत्रमा महत्वपूर्ण याेगदान दिने र नयाँ उचाइमा पुर्याउन मद्दत गर्ने विश्वास लिएकाे कम्पनीका  म्यानेजिङ डाइरेक्टर अनुपम गाैतमले बताए। उनले थपे “याे शाे-ले माेडलिङ र ग्ल्यामरकाे क्षेत्रमा नयाँ अवसरहरूकाे बाटाे देखाउनुका साथै युवापुस्तालाइ आत्मनिर्भर बन्ने बाटाेमा डाेर्याउन महत्वपूर्ण भुमिका खेल्नेछ ।”

शाेमा युवा र युवती तर्फ छुट्टा छुट्टै २ जना विजेता घाेषीत हुनेछन्। विजेताहरूलाइ जलवायु परिवर्तन देखि सामाजिक विषयवस्तुहरूमा राष्ट्रिय स्तरमा मात्र नभएर अन्तराष्ट्रिय स्तरमा पनि दरिलाे उपस्थिति जनाउने समेत आयाेजककाे दावी छ।

शाे-काे मिडीया पार्टनर इमान्दार खवर रहेकाे छ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img