spot_img

महालक्ष्मीकाे लुभुमा वृक्षाराेपणःग्वार्खाे-सानागाउँ-लुभु-लाकुरीहुँदै काभ्रे जाेड्ने सडककाे मुहार फेर्न निरन्तर लागि परेकाे नगर प्रमुख हरिगाेविन्द श्रेष्ठकाे भनाइ

spot_img

रूपक यात्री,लुभु

ललितपुरकाे महालक्ष्मी नगरपालिकाका नगर प्रमुख हरिगोविन्द श्रेष्ठ ग्वार्खाे-सानागाउँ-लुभु-लाकुरीहुँदै काभ्रे जाेड्ने सडककाे मुहार फेर्न निरन्तर लागि परेकाे बताउनु भएकाे छ। शनिवार नगरपालिका भित्रकै वडा नम्वर ८ लुभुमा साेहि सडक खण्डमा वृक्षाराेपण कार्यक्रममा बाेल्दै नगर प्रमुख श्रेष्ठले सडककाे मुहार फर्न निरन्तर लागेकाे दावी गर्नुभएकाे हाे। उहाँले थप्नुभयाे “ग्वार्खाे-सानागाउँ-लुभु-लाकुरीहुँदै काभ्रे जाेड्ने सडकमा ट्राफिक लाइट जडान,जेब्राक्रस,अव चाँडै सिसिटिभि जडानकाे काम पनि हुने जानकारी सहित वृक्षाराेपण गर्नु मात्रै ठुलाे कुरा हाेइन हुर्काउनु ठुलाे कुरा भएकाेले सबैकाे सहयाेगकाे नगरपालिकाले अपेक्षा गरेका छ।”

यस्तै नगर उप-प्रमुख लक्ष्मी महर्जनले “स्वच्छ, सफा, समृद्ध, सुन्दर – महालक्ष्मी नगर” भन्ने मुल नाराका साथ सम्पूर्ण क्षेत्रकाे विकास गरेर समृद्द नगर बनाउन सम्पूर्ण जनप्रतिनिधि लागि परेकाेले जनसमुदायकाे सहभागिता आवश्यक रहेकाे बताउँनु भयाे।

वडा नम्वर ८ का अध्यक्ष विश्वराज श्रेष्ठले वातावरण सफा राख्न,बजारकाे सुन्दरता र मानव जिवनमा रूख अत्यावश्यक भएकाेले वृक्षाराेपण कार्यक्रम निकै महत्वपूर्ण भएकाेले यसकाे संरक्षणकाे लागि सबै मिलेर लाग्नु पर्ने र अभियानलाइ निरन्ता दिने बताउँनु भयाे।

यस्ता कार्यक्रममा स्थानीय जन सहभागिता महत्वपूर्ण मानिन्छ अभियानमा विस्तारै स्थानीय टाेल सुधार समिति,महिला समुह र जनसमुदायलाइ पनि सँगसँगै जाेडेर लैजादा अझ अभियान प्रभावकारी हुने स्थानीय बुद्दिजिवि वर्गकाे भनाइ रहेकाे छ।

कार्यक्रममा अन्य वडाका वडा अध्यक्ष,समाजसेवी र जनसमुदायकाे सहभागिता रहेकाे थियाे। वृक्षाराेपण कार्यक्रममा विभिन्न जातका ७४ वटा रूख राेपिएकाे छ। अभियानलाइ निरन्तरता दिइने पनि बताइएकाे छ।

    

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img