spot_img

राजनीतिमा हाेमिन ओलीसंग जस्ताे सुकै चुनाैंती फेस गर्न तयार रहेकाे विद्या भण्डारीको सन्देश,पार्टी सदस्यता २ वर्ष पहिले नै नविकरण,पदबारे छलफल

spot_img

नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको जिम्मेवारी पार्टीमा छलफलबाट टुङ्गो लाग्ने बताएका छन् । साथै उनले सदस्यता नवीकरण गर्नुपर्ने विषय नै नभएको समेत बताएका छन् ।आइतबार पार्टी कार्यालय च्यासलमा अध्यक्ष ओली र भण्डारीबिच भेटवार्ता भइरहेका बेला पोखरेलले सञ्चारकर्मीसँग यस्तो बताएका हुन् ।

‘सदस्यता नवीकरण गर्नुपर्ने विषय नै होइन, महासचिवले अन्तरवार्तामै भनिसक्नुभएको छ’, पोखरेलले भने, ‘अब जिम्मेवारीको कुरा छलफलबाट हुन्छ । अध्यक्षले नवीकरण भएको छैन भन्नुभएको छैन ।’ त्यस्तै एमालेका स्थायी कमिटी सदस्य कर्णबहादुर थापाले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले दुई वर्षको सदस्यता नवीकरण गरिसकेको दाबी गरेका छन् । आइतबार च्यासलमा सञ्चारकर्मीसँग कुराकानी गर्ने क्रममा थापाले यस्तो दाबी गरेका हुन् ।

‘नवीकरण एक वर्षअघि नै गर्नुभएको हो । अघिल्लो वर्षको एक वर्षअघि नै गर्नुभएको हो र यो वर्षको पनि भइसकेको छ,’ थापाको दाबी छ । शुक्रबार र शनिबार बसेको पार्टी पार्टी पोलिटब्युरो बैठकमा भण्डारीको सदस्यताबारे निर्णय नभएको पनि थापाको भनाइ छ ।

उपाध्यक्ष सुरेन्द्र पाण्डेले पनि भण्डारीको सदस्यता नवीकरण भैसकेको बताए ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img