spot_img

काठमाडौँमा धरहरा चढ्नेको सङ्ख्या दोब्बर बढ्यो

spot_img

 धरहरा खुल्ने समय थप भएसँगै अवलोकनका लागि आउनेहरूको सङ्ख्या दोब्बर बढीले वृद्धि भएको छ । साउन १ गतेबाट धरहरा बिहान ८ देखि बेलुकी ८ बजेसम्म खुल्ला गरिएको छ । समय थप भएपछि धरहरा हेर्न आउनेहरूको सङ्ख्या दोब्बर भन्दा बढीले वृद्धि भएको धरहरा सञ्चालन तथा व्यवस्थापन इकाई सुन्धाराका प्रमुख महेश राईले बताए  ।

‘बिहान ८ बजेदेखि बेलुकी ७ बजेसम्म टिकट खुल्छ । बिहान साढे ८ देखि बेलुकी ८ बजेसम्म अहिले सेवाग्राहीले धरहरा चढिरहनुभएको छ,’ इकाई प्रमुख राईले भने, ‘समय थप हुँदा निक्कै राम्रो भएको छ । धरहरा हेर्न आउनेहरूको सङ्ख्या विगतमा भन्दा दोब्बरभन्दा धेरैले वृद्धि भएको छ ।’

पहिला धरहरा दैनिक बिहान १० देखि बेलुका ४ बजेसम्म खुला गरिएकोमा अहिले समय थप गरिएको हो । पहिला दैनिक करिब ११ सयले धरहरा अवलोकन गर्ने गरेकोमा पछिल्लो ३ दिनमा ८ हजार ६ सय ३८ जनाले अवलोकन गरेका छन् । साउन १ गते २५ सय जनाले, २ गते २ हजार ६ सय ३१ र ३ गते ३ हजार ५ सय ७ जनाले अवलोकन गरेका राईले जानकारी गराए । साउन १ देखि ३ गतेसम्ममा १५ लाख ५६ हजार ६ सय ५० रुपैयाँ सङ्कलन भएको छ ।

धरहरा अवलोकनका क्रममा भेटिएकी धादिङकी कल्पना तामाङले धरहरा चढ्दा दिउँसो भन्दा बेलुका रमाइलो लागेको बताइन् । ‘बेलुकाको काठमाडौँको झिलिमिली दृश्य धरहराबाट हेर्दा एकदमै मनमोहक देखिँदो रहेछ । बिहान,दिउँसो भन्दा बेलुकाको दृश्य झनै राम्रो लाग्यो,’ उनले आफ्नो अनुभव सुनाइन् । ०८१ मङ्सिरदेखि ०८२ असार मसान्तसम्ममा ५ करोड १२ लाख ६२ हजार ९ सय ९५ रुपैयाँ धरहरा चढ्नेहरुबाट सङ्कलन भएको छ

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img