काठमाडौँ । काठमाडौँको मनमैजुबाट चोरीको मोटरसाइकलसहित एक जना पक्राउ परेका छन् ।पक्राउ पर्नेमा नुवाकोट सुर्यगढी गाउँपालिका ४ घर भई हाल तारकेश्वर नगरपालिका(८ जरंखु बस्ने ३३ वर्षीय बिष्णु तामाङ्ग छन् ।महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईका अनुसार सादा पोसाकमा खटिएको ट्राफिक प्रहरी टोलीले मनमैजुबाट बास्तविक नम्वर प्लेट परिवर्तन गरेर प्रदेश ३(०२(००८ प ७८७२ नम्बरको कालो रंङ्गको २२० सी.सी.को पल्सर मोटरसाईकल चलाइरहेको अवस्थामा उनलाई पक्रेको हो ।
महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईका अनुसार अनुसन्धानको क्रममा उक्त मोटरसाईकलको वास्तविक नं. प्रदेश ३९०२९०१२ प ६८३६ खुल्न आएको छ ।महाशाखाले उक्त मोटरसाईकलसहित चोरीमा संलग्न व्यक्तिलाई आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी वृत्त महाराजगञ्ज पठाएको छ ।