काठमाडौं,इमान्दार खवर गाैरवमय पाँच वर्ष पुरा गरेर छैटाैं वर्षमा प्रवेश गरेको छ । “इमान्दारीता हाम्रो प्रतिवद्दता” भन्ने मुला नाराका साथ शुरू भएको इमान्दार खवर गौरवमय पाँच वर्ष पुरा गरेर छैटाैं वर्षमा प्रवेश गरेको हो ।
आर. के ब्रोकाष्टिङ्ग मिडिया प्रा.लि द्वारा सञ्चालित इमान्दार खवर डटकम आवाज विहीन हरूको आवाज बन्ने पथमा अगाडि बढिरहेकाे छ। समाजमा हुने विकृति,विसंगति,कुसंस्कार र भ्रष्टाचार विरूद्द खरो रूपमा कलम चलाउदैँ दुर दराजका जनताको अर्थात आवाज विहीनहरुको आवाज बनिरहेको छ । स्थापनाको ५ वर्षमा पाठक वर्गमा राम्रो छाप छोड्न सफल इमान्दार खवरको डिजीटल माध्यम IMANDAR KHABAR रहेको छ ।
यस सुखद अवसरमा कम्पनीका सञ्चालक रूपक कुलालले समस्त पाठक वर्ग र विज्ञापन दाता लगाएत प्रत्यक्ष र अप्रत्यक्ष रूपमा सहयाेग गर्ने सबैलाई धन्यवाद ज्ञापन गर्नुभएको छ । इमान्दार खवरका पाठक,दर्शक तथा शुभेच्छुकबाट पाएको माया र सुझावको आधारमा अगाडि बढ्ने बताउनु भयो । सञ्चालक कुलालले सत्य–तथ्य,निश्पक्ष,राष्ट्रियता र राष्ट्रहित, लोकतन्त्रका मूल्य–मान्यता, आर्थिक–सामाजिक परिवर्तन र नागरिक अधिकारप्रति प्रतिवद्ध रहने हुनुका साथै व्यावसायिक रुपमा अझै बलियो बनाउने क्रमसँगै हामी आफ्नो सामाजिक उत्तरदायित्व पनि नबिर्सने बताउनु भयो ।
उहाँले थप्नुभयाे “जनताको समृद्धिको चाहनामा हातेमालो गर्दै इमान्दार खवर समृद्धि,विकास र स्थायित्वको पक्षमा थप दृढ भएर उभिनेछ । सत्य, तथ्य र निष्पक्ष समाचारको खेतीमा जुटेका हामीलाई छोटो समयमा पाठक तथा शुचेच्छुकबाट जुन माया प्राप्त भइरहेको छ,आगामी दिनमा थप मायासँगै उचित सल्लाह तथा सुझावको पनि अपेक्षा गरेका छौं।”
सत्य समाचारको पक्षधरता र स्वतन्त्र पत्रकारिता गर्ने हाम्रो अठोटमा पाठक, विज्ञापनदाता र शुभेच्छुकले निरन्तर साथ दिनुहुनेछ भन्नेमा हामी ढुक्क छौं । आगामी दिनमा अझ परिष्कृत भएर “आवाज विहिनहरूको आवाज र जनसवालका मुद्दाहरू अझ शसक्त रूपमा उठाउदैं”इमान्दार खवर अगाढि बढ्ने छ। हाम्राे अभियानमा सबैकाे साथ र सहयाेगकाे पनि अपेक्षा गरेका छाैँ।
रूपक कुलाल
सञ्चालक/सम्पादक