spot_img

भारतले चौथो टेस्टमा बुमराहको फिटनेसलाई लिएर दुविधामा

spot_img

भारतले महत्त्वपूर्ण रहेको चौथो टेस्टमा बुधबार ओल्ड ट्राफोर्डमा इंग्ल्यान्डको सामना गर्दै छ । त्यसअघि भारतलाई दुविधा छ, स्टार तीव्र गतिका बलर जसप्रित बुमराहलाई खेलाउने वा नखेलाउने भनेर । चिन्ता त बुमराहको फिटनेसप्रति पनि छ ।

इंग्ल्यान्डसामु म्यानचेस्टरको यो टेस्ट जितेर शृंखला नै आफ्नो पक्षमा पार्ने अवसर छ । भारतमात्र होइन, भारतसामु अर्को दुविधा पनि छ, बेन स्टोक्स र रवीन्द्र जडेजालाई कुन ब्याटिङ क्रममा उतार्ने भनेर । ५ टेस्ट शृंखलामा इंग्ल्यान्ड २–१ ले अगाडि छ ।

लर्ड्समा भएको तेस्रो टेस्टमा भारत २२ रनको पीडादायी हार बेहोर्न बाध्य रह्यो । सन् २००७ यता इंग्लिस फुटबलमा पहिलो पटक टेस्ट सिरिज जित्ने हो भने भारतले चौथो टेस्ट गुमाउनु हुने छैन । भारतसामु तेर्सिएको मुख्य प्रश्न भने बुमराह र उनको फिटनेसलाई लिएर नै हो ।

भारतीय प्रशिक्षक गौतम गम्भिरले शृंखला सुरु हुनु अगाडि नै भनिसकेका थिए, बुमराह केवल तीन टेस्टकै लागि मात्र उपलब्ध हुनेछन् । किनभने उनलाई ढाडको समस्या छ । यी ३१ वर्षीय बलरले भारतका लागि पहिलो र तेस्रो टेस्ट मात्रै खेलेका छन् ।

बुमराहले खेलेका तीनै टेस्टमा भारत भने पराजित छ । भारत दोस्रो टेस्टमा भने विजयी रहेको थियो । भारतले विश्व टेस्ट वरीयताको शीर्षस्थानमा रहेका बलरलाई प्रयोग गर्ने हो भने उनी पाँचौं तथा अन्तिम टेस्टका लागि उपलब्ध हुने छैनन् । यो निर्णायक खेल पनि हुनसक्ने छ ।

गम्भिरका सहायक रायन टेनले भनेका छन्, ‘हामीलाई के थाहा छ भने अन्तिम दुई टेस्टमध्ये एकमा बुमराहलाई खेलाउनुपर्नेछ । म्यानचेस्टरमा अब हुने टेस्ट निर्णायक हुनसक्छ, त्यसैले त्यसमा बुमराहले खेल्ने सम्भावना बढी हुनेछ र यो स्वाभाविक पनि छ ।

इंग्ल्यान्ड पक्कै पनि शृंखला जित्ने संघारमा छ, तर माथिल्लो क्रममा कसलाई कहाँ खेलाउने हो, त्यसबारे ठोस निर्णय गर्न सकेको छैन । सबैभन्दा ठूलो समस्या ओपनर ज्याक क्राउलीलाई लिएर छ । उनले लर्डसका दुई इनिङ्समा १८ र २२ रनमात्र बनाउन सके ।

तेस्रो क्रममा ब्याटिङ गरिरहेका ओलि पोपले लर्डसमा पहिलो इनिङ्समा ४४ रन त बनाए, तर त्यसपछि चारै रनमा सीमित रहे । अर्का ओपनर बेन डकेटले २३ र १२ रन मात्र बनाए । इंग्ल्यान्डले निर्णय गर्नुपर्नेछ, क्राउलीलाई विश्वास कायम राख्ने वा नराख्ने ।

क्राउलीको अन्तर्राष्ट्रिय खेलजीवन आफैंमा उतारचढावपूर्ण रहेको छ । उनले पाकिस्तानविरुद्ध २ सय ६७ र अस्ट्रेलियाविरुद्ध १ सय ८९ रन बनाएको इतिहास छ, यसले देखाउँछ २७ वर्षीय यी ब्याटरमा केही ठोस गर्ने क्षमता छ । तर उनमा एउटा नराम्रो बानी छ, सस्तोमा विकेट गुमाउने ।

उनको यही प्रदर्शनका कारण इंग्लिस क्रिकेटमा ब्याटिङ क्रम परिवर्तन गर्नुपर्ने बहस हुन्छ । इंग्लिस टिमले भने अहिलेसम्म उनीहरूमाथि विश्वास देखाएको छ । कप्तान स्टोक्सले भन्छन्, ‘उनीहरूको दायाँ र बायाँ ब्याटिङ जोडी राम्रो रहेको छ । एक अग्ला छन्, अर्का छैनन् । उनीहरूविरुद्ध बलिङ गर्न गाह्रो छ ।’

लर्डसमा इंग्ल्यान्डका लागि स्टोक र भारतका लागि जडेजाले राम्रो गरे । जडेजाले झन्डै आफ्नो टिमलाई जितसम्म पुर्‍याएका थिए । त्यसैले पनि यी दुई अलराउन्डरमाथि ठूलो आस रहनेछ । स्टोक्सले कप्तानी इनिङ्स खेल्ने क्रममा दुई इनिङ्समा ७७ रन बनाए भने ५ विकेट पनि लिए ।

उनले ऋषभ पन्तलाई रनआउट गरे, जुन टेस्टमै निर्णायक साबित भएको थियो । स्टोक्सले आफ्नो शरीरलाई चुनौती दिँदै ४४ ओभर बलिङ गरे । सनसनीपूर्ण अन्तिम तथा पाँचौं दिन उनले ९.२ र १० ओभरको दुई स्पेल गरे ।

६ वर्षयता चोटबाट फर्केर बलिङ सुरु गरेपछि उनले यति धेरै बलिङ गरेको यो नै पहिलो पटक हो । अझ उनी अहिले ३४ वर्षका भइसके । इंग्लिस खेलाडी जो रुट भन्छन्, ‘उनको तर्फबाट यो ठूलो प्रयास हो । सम्भवतः उनी राम्रो प्रदर्शनका लागि लोभिएका छन् ।’

अर्कोतर्फ जडेजा पनि ३६ वर्षका भए । तर, उमेर उनका लागि अहिलेसम्म समस्या भएको छैन । उनले लर्डसमा अन्तिम क्षणसम्म भारतलाई टेस्टमा कायम राखेका थिए । विराट कोहली र रोहित शर्माले संन्यास लिइसकेको स्थितिमा जडेजा नै सबैभन्दा अनुभवी र परिपक्व खेलाडी हुन्

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img