spot_img

स्वास्थ्य मन्त्रालयलाई मेयर साम्पाङको पत्रःकुन चाहिँ कुलंगारले दलाली गरेछ प्लिज जग्गा फिर्ता गरिदिनुस्

spot_img

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई बुधबार पत्र लेख्दै नगरको जग्गा फिर्ता गरिदिन माग गरेका छन्।धरानको छाता चोकमा रहेको नगरपालिकाको जग्गा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई दिइएको र उपमहानगर आफैले अस्पताल बनाउने तयारी गरेको भन्दै मेयर साम्पाङले जग्गा फिर्ता मागेका हुन्।

मन्त्रालयलाई पठाएको भनिएको पत्र सामाजिक सन्जालमार्फत सार्वजनिक गरेका मेयर साम्पाङले पत्रमा ‘अनौपचारिक भाषा’ प्रयोग गरेका छन्। उनले यसअघि पनि यही भाषाशैली प्रयोग गर्दै आएका थिए।

‘धरान उपमहानगरपालिकाले आफ्नै नगर अस्पताल बनाउन चाहेको छ। छाता चोकमा रहेको पुरानो अस्पतालको जग्गा कुन चाहिँ कुलंगारले दलालीमा भुलेर बिपी अस्पताललाई दिई पठाएछ थाहा भएन,’ मन्त्रालयलाई पठाएको पत्रमा उनले लेखेका छन्, ‘यसरी नगरपालिकाको जग्गा लान पाइँदैन। प्लिज फिर्ता गरिदिनु होला।’

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय काठमाडौं, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, विराटनगर, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानलाई पनि यो पत्रको बोधार्थ दिइएको छ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img