spot_img

सुख्खाग्रस्त मधेस जाँदै प्रधानमन्त्री ओलीः भने ‘मधेसका कुरा सुनौं भन्ने लागेको छ’

spot_img

प्रधानमन्त्री केपी शर्मा ओली शुक्रबार मधेस जाँदैछन्। उनी आज बारा र महोत्तरी जान लागेको सामाजिक सञ्जाल फेसबुकमार्फत् बताएका हुन्। ‘दिनरात नै लगातार कामको चापका कारण थकित थिएँ। हिजो बाहिरका कुनै कार्यक्रममा सहभागी भइनँ।

आज महोत्तरी र बारा जाँदै छु। तराई–मधेसमा लागेको सुख्खाले साउनको पहिलो सातासम्म पनि धान रोपाइँ हुन सकेको छैन। त्यहाँको वस्तुस्थिति हेरौँ र स्थानीय किसानहरूका कुरा पनि सुनौं भन्ने लागेको छ। आज बारा र महोत्तरीका दिदीबहिनी दाजुभाइहरूसँग भेट हुने छ,’ उनले भनेका छन्।

देशव्यापी मनसुनी वायुको प्रभाव कमजोर हुँदा पर्याप्त वर्षा भएको छैन। मधेसमा त झन् वर्षा भएको छैन। पानी नपरेकाले मधेसमा ४० प्रतिशत पनि रोपाइँ भएको छैन। रोपाइँ नहुँदा धानको उत्पादन घट्ने विज्ञहरूले बताएका छन्। सरकारले मधेसलाई विपद संकटग्रस्त क्षेत्र पनि घोषणा गरेको छ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img